coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तीन नदीमा तटबन्ध निर्माण गर्न भारतले दियो १८ करोड अनुदान

काठमाडौं– बागमती, लालबकैया र कमला नदीमा तालिम तथा तटबन्ध निर्माणका लागि भारतले १८ करोड रुपैयाँ अनदान दिएको छ।

मंगलबार नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले बागमती, लालबकैया र कमला नदीमा तालिम तथा तटबन्ध निर्माणका लागि भारत सरकारका तर्फबाट उर्जा, जलस्रोत तथा मन्त्रालयका सचिव डा. सञ्जय शर्मालाई १८०.७४ मिलियनको चेक हस्तान्तरण गरेका हुन्।

उर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा १८ करोड ७ लाख ४० हजार नेपाली रुपैयाँ भारतले नेपाल सरकारलाई दिएको हो।

लालबकैया, बागमती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने लक्ष्यसहित नदी तालिम तथा तटबन्ध निर्माण कार्यका लागि यो सहयोग दिइएको भारतीय दूतावासले जनाएको छ।

यो अनुदान सहयोगबाट नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई लाभ पु-याउने विश्वास गरिएको छ। 

उक्त रकमको हस्तान्तरणसँगै भारत सरकारले नेपाललाई सन् २००८ देखि हालसम्म नदी तालिम र तटबन्धका लागि १३ किस्ता प्रदान गरिसकेको छ, जसको कुल रकम नेरु ४.६८ बिलियन रहेको छ। 

नेपालसँग नदी तालिम, बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापनका क्षेत्रमा निकट रहेर आगामी दिनमा थप सहकार्य गर्ने भारतले जनाएको छ। 

प्रकाशित: १ जेष्ठ २०७५ ११:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App