८ वैशाख २०८१ शनिबार
खेल

फाइनलमा आर्मी र पुलिस

खेल खेल्दै सशस्त्र प्रहरी र नेपाल पुलिस क्लवका खेलाडीहरू। तस्बिरः नागरिक

रोल्पा – रोल्पामा जारी सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुरुष तर्फ त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रवेश गरेका छन्। मंगलबार बिहान भएको अर्को खेलमा महिला तर्फ सशस्त्र प्रहरी र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका हुन।

पुरुष तर्फ त्रिभुवन आर्मीले प्रदेश न. ४ लाई २७–२५, २५–२० र २५–२१ को सेटमा हराउँदै फाइनलमा प्रवेश पायो। त्यस्तै नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीलाई २५–१६, २५–१६, २४–२६ र २५–२१ को सेटमा हरायो।

त्यस्तै महिला तर्फको खेलमा घरेलु टिम प्रदेश न. ५ लाई सशस्त्र प्रहरीले २५–६, २५–८ र २५–१३ को सोझो सेटमा पराजित गर्यो। त्रिभुवन आर्मी क्लबसंग भिडेको नेपाल पुलिस क्लबले २५–२०, २५–१७ र २५–१० सोझो सेटमा जित हासिल गर्यो।

प्रकाशित: १ जेष्ठ २०७५ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App