coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रदेश सभाको बर्खे अधिवेशनमा बजेट प्रस्ताव

मकवानपुर- ३ नम्बर प्रदेश सभामा बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्ताव टेवल गरिएको छ। मंगलबारदेखि सुरु भएको बर्खे अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले उक्त प्रस्ताव टेवल गरेका हुन्।

प्रदेशसभाका सांसद हरिशरण लामिछानेको निधन भएपछि मंगलबारको बैठकमा पूर्व बजेट सम्बन्धी प्रस्ताव टेवल मात्र गरि सकिएको हो। बैठकमा सभामुख सानुकुमार श्रेष्ठले ३ नम्बर प्रदेश प्रमुखको कार्यालयबाट आएको अधिवेशन आव्हान र विधेयक प्रमाणिकरण सम्बन्धि पत्र पढेर सुनाएका थिए।

प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभा बैठकबाट पारित केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी विधेयक र स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी विधेयक र गाउँ/नगर/जिल्ला सभा सञ्चालन सम्बन्धी विधेयक प्रमाणिकरण गरेकी छिन्।

बुधबार बस्ने बैठकमा पनि प्रदेश सांसद लामिछानेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने मात्र कार्यसूची रहेको छ। बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धी प्रस्तावमा बिहीबार बस्ने बैठकबाट छलफल सुरु हुने सभामुख श्रेष्ठले बताए।

कृषि, पर्यटन र जलविद्युत् प्रदेशको प्राथमिकतामा

बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताको प्रस्तावमा कृषि, पर्यटन र जलविद्युत् प्रमुख प्राथमिकतामा रहेको छ। प्रदेश सरकारले प्राथमिकता तोकेको बिषयमा प्रदेश सभामा छलफल हुने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बताए।

सरकारको प्राथमिकताका आधारमा प्रदेशसभाबाट राजस्व तथा व्ययको अनुमान (बजेट) को प्राथमिकता क्रमलाई टुङ्गो लगाउँने बताउँदै उनले आफ्नो मन्त्रालयको तर्फबाट कृषि, पर्यटन र जलविद्युत्लाई पहिलो प्राथमिकता दिएर बजेट बनाउन प्रस्ताव गरेको बताए।

प्रदेशको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याउन प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले १३ जिल्लाका स्थानीय तहमा छलफल गरिरहेको मन्त्रालयका सचिव बसन्त अधिकारीले बताए।

प्रदेश नम्बर ३ को पूर्ण बजेट २५ अर्बदेखि ५० अर्ब रुपैंयासम्म हुने उनले बताए । केन्द्र(संघ)बाट हस्तान्तरण हुने योजना र बजेट स्पष्ट नभएकाले प्रदेशको आगामी आर्थिक बर्षको बजेट निश्चित नभएको उनको भनाई छ।

प्रदेश सरकारले असार १ गते प्रत्येक आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार प्रदेश नम्बर ३ को बजेट अधिवेशन जेठ १ गतेबाट सुरु भएको हो।

प्रकाशित: १ जेष्ठ २०७५ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App