coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जलविद्युत आयोजनाद्धारा ९८ वटा कम्प्युटर हस्तान्तरण

रसुवाका स्थानीय तहलाई कम्प्युटर हस्तान्तरण गरिँदै। तस्बिरः नागरिक

रसुवा – रसुवामा निर्माणाधिन २१६ मेगावट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाले मंगलबार ९८ वटा कम्प्युटर हस्तान्तरण गरेको छ। आयोजनाको प्रभावित क्षेत्रमा पर्ने गाउँपालिका, वडा कार्यालय र विद्यालयहरूलाई कम्प्युटर वितरण गरिएको आयोजनाले जनाएको छ।

जिल्लाको गोसाइँकुण्ड, कालिका, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिका, चार वटा गाउँपालिकाका पाँच वटा वडा र १७ वटा विद्यालयलाई कम्प्युटर वितरण गरिएको आयोजनाका साइड इन्चार्ज सुमन भट्ट्ले बताए।

‘स्थानीय तहमा कम्प्युटको अभाव भएकाले कार्य गर्न असज भएको पायौँ, इन्चार्ज भट्टले भने, यसका लागि हामीले सहयोग गरेका हौँ।’ ग्रामीण भेगमा सञ्चालित विद्यालयमा कम्प्युटरकोे पहुँच पुर्याउनका लागि विद्यार्थी संख्याको आधारमा कम्प्युटर प्रदान गरिएको उनले बताए।

‘विद्यार्थी संख्याको आधारमा हामीले कम्प्युटर दिएका छौँ, उनले भने, विद्यालयले न्यूनतम दुई वटादेखि १६ वटासम्म कम्प्युटर पाएका छन्।’ जिल्लाको हाकु, राम्चे र धुन्चेमा सञ्चालित विद्यालयहरूलाई दुई वटादेखि १६ वटासम्म कम्प्युटर प्रदान गरिएको आयोजनाले जनाएको छ।

कोरिया इनर्जीले उपलब्ध गराएको कम्प्युटर नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिबो सकले हस्तान्तरण गरेका हुन्। जिल्लाको मैलुङमा आयोजनाको कार्यालय निर्माणका लागि जग्गा सम्माउने कार्य भइरहेको छ।

आयोजना अक्टोबरबाट सुरु गरी पाँच वर्षभित्र सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। आयोजनाको अनुमानित लागत २० अर्ब रुपैयाँ छ। आयोजनामा कोरियन कम्पनीहरू, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी र नेपाली लगानीकर्ताको लगानी रहनेछ।

प्रकाशित: १ जेष्ठ २०७५ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App