७ वैशाख २०८१ शुक्रबार
समाज

भलपानी कक्षा कोठामा छिर्दा पठन–पाठन प्रभावित

कक्षा कोठामा छिरेको हिलो, बालुवा निकाल्दै भानु आधारभुत बिद्यालयका छात्रछात्रा। तस्बिर: जीतकुमार राईको फेसबुक

खोटाङ – वर्षाको भलपानी कक्षा कोठामा छिर्दा खोटाङको लिच्कीराम्चेस्थित भानु आधारभुत विद्यालयको पठन–पाठन प्रभावित भएको छ।

भारी वर्षाका कारण माथिबाट झरेको भलपानीले बगाएर झारेको हिलो, माटो र बालुवा कक्षा कोठाभित्र छिर्दा विद्यालयको सोमबारको पठन–पाठन बन्द भएको शिक्षक गोपाल राईले बताए। सोमबार बिहान ४ बजे परेको भारी वर्षाका कारण विद्यालय भन्दा माथि निर्माण गरिएको सडकै सडक झरेको भलपानीले विद्यालयको खेलमैदान समेत पुरेको छ।

गत वर्ष निर्माण गरिएको झ्याम्टेबर–रमाईलो सडकबाट विद्यालय नजिकै पुर्याइएको शाखा सडकबाट भलपानी सिधै विद्यालयमा खस्दा विद्यालयको खेलमैदानमा ढुंगा, गिटी, बालुवा र झ्याँसको थुप्रो लागेको शिक्षक राईले बताए।

६ वटा कक्षामा छिरेको हिलो, बालुवा र पानी सोमबार पढाई बन्द गरेर दिनभर शिक्षक र विद्यार्थीले निकालेर सफा गरेका छन्। विद्यालय खेलमैदानमा थुप्रिएको ढुंगा, गिटी, बालुवा पन्छाउने विषयमा विद्यालय व्यवस्थापन समितिको बैठक बोलाइएको शिक्षक राईले बताए।

‘कक्षा कोठामा पसेको हिलो र पानी सोमबार दिनभर लगाएर निकाल्यौँ,’ शिक्षक राईले भने, ‘खेलमैदानमा थुप्रिएको ढुंगा, गिटी, बालुवा पन्छाउने विषयमा व्यवस्थापन समितिको बैठक बोलाएका छौँ।’ विद्यालय नजिक पुर्याइएको सडकबाट वर्षेनी विद्यालयमा भलपानी खस्ने भएपछि समस्या निम्तिएको अभिभावकको भनाई छ।

प्रकाशित: १ जेष्ठ २०७५ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App