७ वैशाख २०८१ शुक्रबार
समाज

जलविद्युत संरचनाको विवरण पठाउन पत्रचार

तल्लो हेवा जलविद्युत आयोजनाको निर्माण स्थल। तस्बिर : गिरिराज बाँस्कोटा/नागरिक

पाँचथर – ढुंगा, गिटि, बालुवा लगायका समाग्रि प्रयोग गरे बापतको रोयल्टि बुझाउन आलटाल गरेका जिल्लाका जलविद्युत आयोजनालाई निर्माण सम्पन्न भएका तथा निर्माणाल धिन संरचनाको विवरण पठाउन जिल्ला समन्वय समितिले पत्रचार गरेको छ। रोयल्टि मूल्याङ्कन गर्नका लागि समन्वय समितिसँग प्रयोग भएका समाग्रिको तथ्याङ्क नरहेकाले संरचना हेरेर आंकलन गर्नका लागि पत्र पठाएको हो।

जिल्ला समन्वय समितिले निर्णय गरे अनुसार पत्र बढाइएको जिल्ला समन्वय अधिकारी गिरिराज ज्ञावालीले बताए। ‘रोयल्टि रकम बुझाउन पटक–पटक पत्र लेख्दा जवाफ आएन।’ उनले भने, ‘रोयल्टि बुझाउने प्रयोजनका लागि स्टीमेट, रनिङविल, फाइलन विल, फाइलन प्रतिवेदन पठाउनकाागि अनुरोध गर्दै पत्र पठाईएको हो।’

हालसम्म रोयल्टि बुझाउन भन्दै पाँच पल्ट समन्वय समितिले पत्र लेखिसकेको छ। कुनैपनि पत्रको जवाफ नआएको बताइएको छ। वास्तै नगर्ने गरेको समन्वय समितिको गुनासो रहेको छ। निर्माण सम्पन्न भएका तथा हुदैँ गरेका संरचनाको विवरण मागिएको छ। यहि संरचनाका आधारमा प्रयोग भएका गिटि, ढुंगा, बालुवाको विवरण अनुमान लगाउने तयारीमा जिल्ला समन्वय समिति रहेको छ।

जिल्ला प्रशासन कार्यालय, फिदिम नगरपालिका, याङवरक गाँउपालिका र हिलिहाङ गाँउपालिकालाई बोदार्थ दिइएको हो। चालु आर्थिक वर्षमा रोयल्टि नभबुझाए प्रावधिक मूल्याङकन गरी राजश्वमा उल्लेख गरी प्रदेश र सम्बन्धित स्थानिय सरकारमा पठाउने तयारीमा जिल्ला समन्वय समिति रहेको छ।

अहिलेसम्म कुनैपनी कम्पनीले निर्माण सामाग्रि प्रयोग गरे बापतको राजश्व बुझाएका छैनन्। खोला तथा खोला आसपासबाट निकाले प्रयोग गरीएका निर्माण सामाग्रि बापत राजश्व संकलन गरेर प्रदेशको खातामा जम्मा गराउनु पर्छ। अर्को आर्थिक वर्षदेखि स्थानिय तहले राजश्व उठाउने छ। तर हालसम्मको राजश्व समेत बुझाएका छैनन्।

कावेली वि वान, तल्लो हेवा, कावेली ए, इवा खोला जलविद्युत अयाोजना निर्माण भइरहेका छन्। हेवा ए निर्माण सम्पन्न भई सञ्चालनमा छ। कावेली ए को काम सुरु भएको छ भने निर्माणधिन तीन आयोजना अन्तिम चरणमा पुगेका छन्। निर्माण सम्पन्न हेवा एले पनि रोयल्टि बुझाएको छैन।

खोला तथा आसपासका क्षेत्रबाट निकालिएका ढुंगा, गीटि तथा बालुवा प्रयोग गरेबापत राजश्व तिर्न पर्छ। आयोजना स्थल वरपरका क्षेत्रमा स्काभेटरहरु ढुंगा, गीटि निकाल्नका लागि उत्थखन्न गरीरहेका छन्। वातावरण मूल्यकनकै क्रममा कहाँबाट उत्थखन्न गर्ने भन्ने उल्लेख हुन्छ। जहाँबाट उत्खन्न गरेपनि राजश्व तिर्न पर्छ।

४ अर्बको लगानीमा २५ मेघावटको कावेली वि वान, ३ अर्ब ६६ करोडमा  २२ दशमल २ मेघावटको तल्लो हेवा,  १ अर्ब ६० करोडको १० मेघावट इवाखोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा छ। १० अर्ब लागनीको ३७ दशमल ७ मेघावटको कावेली एको काम सुरु भएको छ। २ अर्व ५० करोड खर्चिएर १५ मेघावटको हेवा ए जलविद्युत आयोजना सम्पन्न भएको थियो।

प्रकाशित: १ जेष्ठ २०७५ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App