८ वैशाख २०८१ शनिबार
अर्थ

दोब्बर भार बोकेर भारतीय ट्रक निर्वाध गुडदै

रौतहट – रौतहटको सदरमुकाम गौर सँग जोडिएर नेपाल भारत सीमा क्षेत्रको (दशगजामा) बनाइएको मितेरी पुलको भार क्षमता भन्दा दोब्बर मालसमान बोकेर भारतीय नम्बरको मालवाहक ट्रक नेपाली बजार तर्फ प्रवेश गर्न थालेपछि पुलको अवस्था दिन प्रति दिन कमजोर बन्दै गएको छ।

रौतहटको गौर भन्सार नाका हुदै दैनिक एक दर्जन बढी भारतीय नम्बरका मालबाहक ट्रक मितेरी पुल भएर नेपालतर्फ आउन थालेपछि पुलको अवस्था दिन दिनै कमजोर बन्दै गएको छ।

करिव १० बर्ष अघि भारत सरकारको लगानीमा निर्माण गरिएका मितेरी पुलको क्षमता १७ टन मात्रै रहेपनि उक्त पुल भएर ४५ टन भन्दा भार छमताका मालबाहक सवारी साधनहरु निर्वाध रुपमा ओहोर खोहोर गर्न थालेपछि पुल कति खेर भासिन खतरा समेत उत्पन्न भएको छ । रोड र पुलको छमताभन्दा दोब्बर मालसमान बोकेर भारतीय नम्बरको गाडी सुरक्षा चेकपोस्ट पारगर्दै निर्वाध रुपमा आवतजावत गरेपनि पनि सम्बन्धित निकायको हाल सम्म ध्यान जान सकेको छैन।

सीमावर्ती भारतको बैरगनिया नाका हुँदै गौर भन्सारमा आलु, प्याज, सिमेन्टमा प्रयोग हुने “र” मेटेरियल क्लिंकर-फ्लाइएस, मार्वल टायलस, प्यान सिट, कोइला, लगायतका मालबाहक ट्रकहरु निर्वाध रुपमा ओहरदोहर गरिरहेका छन् । पुलको क्षमता भन्दा दोब्बर भार भएको भारतीय मालवाहक साधन साधन निरन्तर रुपमा यसरी नै गुडन थालेपछि निर्धारित समय भन्दा अगावै पुल जिर्ण हुने निश्चित रहेको रौतहट सदरमुकाम गौरका स्थानीय सदानन्द झाले बताए।

करिब ७ मिटर चौडा सिंगल लेनको उक्त २०६३-०६४ सालमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको थियो । सोमवार भारतको पटना स्थित बाढ जिल्लाबाट बिआर ०६६ ४५५६ नम्वरको कन्टेनरमा सिमेन्टमा मिसाउने फ्लाइएस ३० टन लिएर आएको चालक अशोक झाले बताए।

 सामान बाहेक कन्टेनरको भार १५ टन रहेको दुवै गरेर करिव ४५ टनको एउटा सवारी साधन लिएर आफू गौर भन्सारमा आईपुगेको चालक झाले भने । तपाईहरु रक्सौलबाट किन जानु भएन भने प्रश्नको जवाफमा झाले रक्सौलबाट विरगंज पुग्न ७ देखि ८ दिन लाग्ने गरेको हुँदा सजिलो बाटो गौरमा मात्रै बढीमा १ घण्टा कुर्नु परेको उनले बताए।

पुलको क्षमता धेरै कम छ तर यत्रो भारको कन्टेनर किन ल्याउनु भएको प्रश्न गर्दा मलाई यसको कुनै जानकारी नै नभएको तथा नजानुस कसले नभनेको बताए । यस्ता मालबाहक ट्रकहरु दैनिक रुपमा २० देखि २५ वटा सम्म जाने गरेको बताइएको छ।त्यति मात्रै नभई गौर चन्द्रनिगाहपुर सड्क खण्डमा पनि सोको प्रतिकूल असर परेको छ, विभिन्न स्थानमा पक्कि सड्कहरु भासिदै गएको एवं फुटेर खाल्डो भईसकेका छन् तर ओभर भर्भर लोड नियन्त्रण गर्न सहायक राजमार्गको विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरी आर्थिक चलखेलमा परेका कारण निर्वाध रुपमा गुडिरहेको माधवन नरायण नगरपालिका सखुअवाका अनिल मिश्रले आरोप लगाए।

डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख सुमन योगेशले पर एक्सल १० टनको क्षमता सडकको रहेको बताए । रातिको समयमा सडक र पुलको छमताभन्दा बढीमाल समान लिएर भारतीय मालवाहक गाडी आवज जावत गरिरहेको छ भने यसलाई तत्काल रोक्ने बताए।

प्रकाशित: १ जेष्ठ २०७५ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App