प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका कार्यकर्ता पक्राउ

मङ्गलबार, ०१ जेठ २०७५, ११ : ३० विष्णुप्रसाद देवकोटा

 डोल्पा–प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई जना कार्यक्रर्ता पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र सुर्खेत अवलचिङका सन्तोष खड्का रहेका छन् ।उनीहरूलाई त्रिपुराकोट, जुफाल,दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेको अवस्थामा त्रिपुरा सुन्दरी नगरपालिका ३ जीउबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

नेपाल बन्दको शिलशिलामा ३० वैशाखमा पक्राउ परेका नेकपा माओवादीका कार्यकर्ता डोल्पा मुड्केचुला गाउँपालिका–२ घर भएका नेकपाका जिल्ला सदस्य ३६ वर्षीय सागर शाहीलाई सदरमुकाम दुनै लैजाँदै गर्दा ठुलीभेरी नगरपालिकाको वडा नं ९ मा पर्ने भेत्ती डाँडाबाट प्रहरीमाथि नै आक्रमण गरेर शाहीलाई भगाएपछि प्रहरीले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक हरी प्रसाद शर्माले बताए।

पक्राउ परेका दुई जनाको सुराकीमा लत्ताकपडा,चन्दा रसिद ठेली,स्याटलाइट फोनजस्तो देखिने एक थान फोन बरामद गरेको र पक्राउ परेका दुई जनाको अनुसन्धान भईरहकाले रिहा गर्ने विषयमा अहिले नै भन्न नसकिने प्रहरी नायव उपरीक्षक शर्माले बताए।उनीहरूको योजना यार्सागुम्बा पाटनमा गएर यार्सा संकलक,ब्यापारीहरूबाट चन्दा संकलन गर्ने मुख्य योजना रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ।

जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वमा आएको ६ जनाको समुहले प्रहरी हवलदार धनसिँह कठायत र प्रहरी जवान जयलाल बस्नेत माथि ढुङ्गा प्रहार गरि आक्रमण गरेर नेकपाका जिल्ला कमिटी सदस्य शाहीलाई छुटाएर लगेका थिए ।
घटनामा संलग्न छ जना मध्ये दुईजना पक्राउ सफल भएपनि तीनजना फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad