coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्रिकेटबाट पाँच खेलाडी मनोनयन

काठमाडौं – क्रिकेटबाट पाँच खेलकर्मी समावेश गर्दै सोमबार पल्सर स्पोर्ट्स अवार्डको चार विधामा मनोनयन सार्वजनिक भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी गरी सोमबार चार विधामा मनोनयन सार्वजनिक गर्दा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, स्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, प्रशिक्षक जगत टमाटा र विनोद दास समावेश छन् । सन्दीप पिपुल्स च्वाइस विधामा पनि मनोनयनमा छन्।

प्रत्येक विधामा शीर्ष पाँच खेलाडीको मनोनयन सार्वजनिक गर्दा क्रिकेटपछि फुटबल ,ब्याटमिन्टन र बक्सिङका समान ३ खेलाडी मनोनयमा परेका छन् । राष्ट्रिय महिला फुटबल टोलीकी सावित्रा भण्डारी, यु–१८ का स्ट्राइकर दिनेश हेन्जन र प्रशिक्षक छिरिङ लोप्साङ, ब्याटमिन्टनतर्फ शोभा गौचन, दीपेश धामी र प्रशिक्षक जयन्तकुमार श्रेष्ठ तथा बक्सिङतर्फ विमला श्रेष्ठ, पुनम रावल र प्रशिक्षक प्रकाश थापामगर मनोनयनमा पर्न सफल भए।

जेठ ३ मा हुने स्पोर्ट्स अवार्डमा आठ विधा समावेश छन् । त्यसमध्ये पिपल्स च्वाइस विधामा पाँच खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ भने लाइफटाइम एचिभमेन्ट अवार्ड, विशेष पुरस्कार र उत्कृष्ट पारा एथलिट विधामा मनोनयन नगरी सोझै विजेता घोषणा गरिने मञ्चले जनाएको छ।

पिपल्स च्वाइस, पुरुष, महिला र प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकलसहित विभिन्न उपहारहरू पाउनेछन् भने अन्य चार विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित उपहार प्रदान गरिने मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी गराएका छन्।

वर्ष २०७४ मा गरेको प्रदर्शनका आधारमा गरिएको मनोनयनमा उत्कृष्ट पुरुष खेलाडीको विधामा पारस र सन्दीपसहित ब्याटमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर रुेष्ठ र गल्फका टंक कार्की परेका छन्।

त्यस्तै महिलातर्फ बक्सिङकी विमला श्रेष्ठ, ब्याटमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ मनोनयनमा पर्न सफल भए । युवातर्फ सन्दीपसँगै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश धामी, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल छन्।

त्यस्तै प्रशिक्षक विधामा टमाटा र दाससहित, फुटबलका छिरिङ लोप्साङ, बक्सिङका प्रकाश थापामगर र ब्याटमिन्टनका जयन्तकुमार श्रेष्ठ छन् । खेलाडी छनोट समितिका संयोजक राजु घिसिङले वर्षभर अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा मनोनयन सार्वजनिक गरेको बताए।

प्रकाशित: १ जेष्ठ २०७५ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App