coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सेमिफाइनल समीकरण पूरा

रोल्पा – महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफसहित प्रदेश नम्बर ४ एवं पुरुषतर्फ तीनवटै विभागीय टोली र प्रदेश नम्बर ५ सोमबार रोल्पामा जारी सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

रोल्पाको लिवाङमा सोमबार महिलातर्फको क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रदेश नम्बर ६ लाई २५–२, २५–१२, २५–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । सोमबारै नेपाल पुलिसले प्रदेश १ को यात्रालाई २५–१२,२५–६, २५–११ को सोझो सेटमा स्तब्ध बनाउँदै सेफिाइनलमा स्थान बनाउँदा अर्को विभागीय टोली त्रिभुवन आर्मीले प्रदेश २ लाई २५–९,२५–९, २५–८ को सोझो सेटमा हराएको हो । महिलाकै अर्को क्वार्टरफाइनल खेलमा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर ३ लाई पनि २५–१०,२५–१३, २५–६ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा एपिएफसँग भेट पक्का गरेको छ।

प्रतियोगिताअन्तर्गत सोमबारै सम्पन्न पुरुषतर्फको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई २५–११,२३–२५,२५–१०,२५–१६ को सेटमा पराजित गर्दा दोस्रो क्वार्टरफाइनलमा प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई २५–१६,२६–२४,२५–१३ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो।

यस्तै, पुलिसले प्रदेश नम्बर ६ लाई २५–१४,२५–१९,२५–१७ को सोझो सेट स्तब्ध पार्दै सेमिफाइनलमा स्थान बनाउँदा क्वार्टरफाइनलको अन्तिम खेलमा एपिएफले प्रदेश ५ माथि ३–२ को कठिन जित दर्ता गदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । पहिलो सेट २१–२५ ले गुमाएको एपिएफले दोस्रो सेट २५–१४ ले जितेको थियो । तेस्रो सेटमा २३–२५ ले पछि परे पनि एपीएफले चौथो र पाँचौ सेट लगतार २५–२२ र १५–८ को स्कोर गर्दै नतिजा उल्टाउँदै संघर्षपूर्ण जित हात पारेको हो।

प्रतियोगितामा मंगलबार पुरुषको एपिएफले पुलिससँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा आर्मीले प्रदेश नम्बर ४ सँग खेल्नेछ भने महिलातर्फको खेलमा एपिएफले प्रदेश नम्बर ५ र त्रिभुवन आर्मीले नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १ जेष्ठ २०७५ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App