८ वैशाख २०८१ शनिबार
खेल

विराज र मेलिसा सम्मानित

काठमाडौं – थापाथली जनकल्याण परिवारले राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन र तेक्वान्दो खेलाडी मेलिसा खड्गीलाई सोमबार नगद १० हजारसहित सम्मान गरेको छ।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको भन्दै जनकल्याण परिवारले २९औं वार्षिकोत्सवका अवसरमा उनीहरूलाई सम्मान गरेको हो।

सन् २०१६ बंगलादेशमा भएको बंगबन्धु गोल्डकप, मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप र भारतमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा विराजको कप्तानीमा नेपालले स्वर्ण पदक जितेको थियो भने मेलिसाले टप माउन्टेन तेक्वान्दो संघ, हङकङले आफ्नो नवौं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको नवौं तेक्वान्दो ग्योरोगी च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्।

प्रकाशित: १ जेष्ठ २०७५ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App