पीडित पतिका कहानी

मङ्गलबार, ०१ जेठ २०७५, ०९ : ५२ यमुना अर्याल (काफ्ले)

558


सहरमा धेरै पुरुष महिलाबाट पीडित छन्। यो सत्य हो। भलै पुरुषहरू पारिवारिक, सामाजिक वा सँगीसाथीले थाहा पाउँछन् कि? आफू आलोचित हुनुपर्छ कि भनेर मन अमिलो बनाएर गुम्सिएर बसेका छन् । यस्ता पुरुषहरूलाई समाजले नामर्द भन्छ, कहीँकतै आफूलाई परेको समस्या वा पीडाबारे उजुरी गर्न गयो भने प्रहरी सेलमा उजुरी दर्ता हुँदैन। श्रीमती मिलाउन नसक्ने आफैँँ, उल्टै उजुरी गर्न आउने पनि आफैँँ ? प्रहरी सेलमा यसरी खिसीटिउरी गर्ने गरिन्छ। श्रीमतीले उल्टै आफूलाईश्रीमान्ले यस्तो ग-यो, उस्तो ग-योभन्दै दश ठाउँमा उजुरी गर्ने, त्यही उजुरी जताततै सुनुवाइ हुने, श्रीमतीलाई महिलाअधिकारवादीहरूले अनेक हत्कण्डा अपनाएर भएपनि उचाल्ने, मिडियाबाजी गर्ने तर उसको परिवारको वास्तविकता के हो भनेर एकपटक लोग्नेलाई नसोध्ने गरेको गुनासो पीडित पुरुषहरूको छ। श्रीमतीबाट आफैँपीडित, घरपरिवारमा श्रीमतीलाई मिलाउन नसकेकोमा आफैँ अपमानित, समाजमा आफ्नै बेइज्जत, सँगीसाथीको बीचमा आफ्नै हँसीमजाक उल्टै श्रीमतीको जताततै पीडित भएकामा समर्थन, दबाब के के हो के के? यस्तै पीडा भोगेका केही प्रतिनिधि पात्रका भोगाइ यहाँ उजागर गर्न खोजिएको छ।

पात्र १। राजधानीमा दुई दशकभन्दा लामो समयदेखि बसोबास गर्दै आएका एक जना चिनजानकै दाइकी आमाको पोहोरसाल अप्रेसन थियो। एक महिनासम्म गाउँबाट आएकी आमा छोरीकी छोरीको डेरामा बसेर उपचार गरिन् तर दाइको आफ्नै घर हुँदापनि आमा जान पाइनन्। आमाको उपचार खर्च सबै दाइले व्यहोेरे, अफिस आएको बेलामा अस्पताल जाने, आमालाईके के चाहिन्छ सबै उपलब्ध गराए, भान्जीको कोठामा आउने आमा भेट्ने गरे तर हिम्मत गरेर घर लैजान सकेनन्।

‘आफन्तले खोजेकी,मास्टर्स पढ्दै गरेकी केटी पक्कै व्यावहारिक होली भन्ने सोचेर बिहे गरेँ जिन्दगीको सबैभन्दा ठूलो भूल यही बिहे भयो मेरा लागि,’ कुरैकुरामा दाइले पीडा सुनाए। दाइका दुई छोरा छन्, १२ र १५ वर्षका उनीहरू दसैँ बिदामा, जाडो बिदामा गाउँको घरमा जाने भन्छन् तर आमाले जान दिन्नन्। माइतीतिरका आफन्तहरू जति दिन बसेपनि केही फरक पर्दैन तर घरतिरका आफन्तहरू दाइको घरमा टेक्नै हुँदैन । ‘सत्रवर्षदेखि यही पीडामा छु, सँगैका साथीहरू कहाँ पुगिसके पारिवारिक तनाव नभएको भए आज म सचिव भइसक्थेँ होला। मेरो त दिमाग बोधो भइसक्यो कोही आफन्त छैनन्, एकचोटि कोही घरमा झुक्किएर आएभने पनि अर्कोचोटि देखि कोही फर्केर आउँदैनन् भाउजूका कारण ।सारा माइती खलकका आफन्तको बासै मेरो घरमा हुन्छ, घरतिरका आफन्तहरूलाई देखीसहन्न, आफ्नै आमालाई भान्जीकोकोठामा राखेर उपचार गराउनुपर्ने यो भन्दा अभागी छोरा कोही छ त?’ दाइले भनेथे।

‘केही बोल्नुहुँदैन, महिला अधिकारको कुरा आउँछ, म जस्ता पीडित आत्मा रुवाएर मन गुम्साएर बस्ने पीडित पात्रहरू यो सहरमा कति होलान्?’ दाइले आँखाभरि आँसु पारेर पीडा सुनाएथे। महिला अधिकारवादीहरूले भनून्, यसरी एउटी महिलाले पुरुषमाथि गरेको अत्याचारपनि महिला हिंसा नै हो ? के पुरुष कहिल्यै पीडित बन्दैन?

पात्र  २। पाँच वर्ष पहिले प्रेमविवाह गरेका एक जोडी एक वर्षअघि कानुनी रूपमा अलग भए। १८ महिनाकी छोरी लिएर श्रीमती माइतीमा बस्न थालिन् ।श्रीमान आफ्नै पुरानो काममा व्यस्त हुन थाले। श्रीमान्श्रीमती दुवै चिनेकै पात्र हुन् । छोरी जन्मेपछि श्रीमतीले धेरै शंका गर्न थालिन्, यस्तै धेरै कुराहरूमा मन मिलेन । अलग भए । कानुनी रूपमा अलग भइसकेपछि उनीहरूको साइनो सम्बन्ध केही पनि रहेन। श्रीमान्लाई त्यति सानी छोरी छोडेर किन अलग भएको ? केही कुरामा सम्झौता गरेर सानी छोरीका लागि भएपनि मिल्नुपथ्र्यो नि भन्दा मौन रहे । मैले चाहेर डिभोर्स भएको हो र ? अहिले महिलाले इसारा गरेपनि सबैथोकमा न्याय पाइन्छ तर पुरुष त सधैँभरि महिलालाई हिंसा गर्ने, महिलालाई थिचोमिचो गर्ने मात्र त हुन् नि । महिलाले थिचोमिचो गरेको, महिलाले पुरुषमाथि थोपरेका लान्छनाबारे कोही बोल्दैनन् । सानो कुरालाई कुन चाहिँ महिलावादीको उक्साहटमा लागेर तिलको पहाड बनाएर उही अलग भएकी हो, पुरुषको दोष मात्रै देखिन्छ उसको अरू कुरा देखिन्न । महिलाले अधिकार मात्रै खोज्नुपर्ने हो वा आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्छ ? यो कुरा कुन चाहिँ अधिकारवादीलाई थाहा छ? अर्काको घरबार भाँड्यो, अनेकन् कुरा उचाल्यो। बस्, उनीहरूको काम पूरा हुन्छ। उनी एकोहोरो बोलिरहे।

डिभोर्स भएको एक वर्ष भइसक्यो। पूर्वपत्नीले सामाजिक सञ्जालमा उनको बारेमा तथानाम लेखेर हैरान पार्छिन्। कानुनी रूपमा भिन्न भइसकेपछि उसले पाउनुपर्ने रकम सबै भुक्तान गरिसकेपछि मलाई किन टर्चर दिइरहन्छे ? उसले लेखेजस्तै मलाई लेख्नु छैन, कुनै अधिकारवादीसँग प्रिय हुनु पनि छैन, कसैसँग दयाको पात्र बन्नु छैन मलाई। तर मेरा बारेमा भए नभएका अनर्गल कुरा लेखेर कति हैरान बनाइरहने? वास्तविकता सुनाएँ भने पनि मै नामर्द हुन्छु।

पात्र  ३। बिहे गरेको तीन महिनामा श्रीमान् विदेश गए । गाउँमा बस्न सक्दिनँ भन्दै श्रीमती सहर आउने कुरा श्रीमान्लाई बताइन्। सुरुमा आनाकानी गरेपनि पछि श्रीमान्ले सालीसँग बस्दै प्लस टु सकाउने कुरामा सहमति जनाए। श्रीमान्ले महिना महिनामा पैसा पठाउँथे । दिदी बहिनी काठमाडौँमा क्याम्पस पढ्थे । बहिनीको बिहे भएपछि दिदी एक्लै बस्न थालिन् । चारपाँच महिनामा कोठा सर्दै हिँड्दै गर्न थालिन् । तीन वर्षमा कमाएको सबै पैसा श्रीमतीको खातामा जम्मा भयो । श्रीमतीले प्लस टु सक्काइन्, बिए पहिलो वर्षमा भर्ना भइन् । श्रीमान्को तीनवर्षे भिसा सकिएर फर्कने दिन नजिकिँदै थियो । श्रीमान् आउने दिनपनि दुई जनाको कुराकानी भयो। श्रीमतीले राती ९ बजे विमानस्थलमा लिन आउने बताइन् । श्रीमान ढुक्क बने। ८ : ४० मा प्लेन आइपुग्यो। ९ बज्यो । श्रीमती कहीँ देखेनन् । फोन गरे । श्रीमतीको मोबाइल अफ । सँगै आएका यात्रुका आफन्तहरू लाइन लागेर बसेका थिए। दश बजेसम्म कुर्दापनि श्रीमती आइनन्। ठूलीआमाको छोरालाई फोन गरे । ट्याक्सी लिएर एक जना दाइको कोठामा गएर बसे ।बिहान खोजनीति गर्दा पत्ता लाग्यो, सबै पैसा कुम्लाएर श्रीमती चार दिनअघि नै अर्कैसँग भागेकी रहिछन्। घर आउँदा न श्रीमती, न पैसा।

पात्र  ४। आफू सरकारी जागिरमा छिरेपछि श्रीमतीलाई पनि सरकारी जागिर खुवाउने धोको थियो। तीनवर्षको मिहिनेतपछि श्रीमतीले नाम निकालिन् । सरकारी संस्थानको अधिकृत पदमा कार्यरत श्रीमान्कै दर्जामा दुई वर्षपछि श्रीमती पुगिन् । महिलालाई आरक्षणले गर्दा बढुवा हुन सजिलो, मेरो एक प्रमोसन नहुँदै उनी तीनतह बढुवा भइन् । चार तहबाट छिरेको मान्छे म जहाँको त्यही, श्रीमती सात तह । श्रीमती मेरो भन्दा एकतह माथि पुगेपछि सबैकुरा परिवर्तन भयो । छोराछोरीको फि पनि भागबन्डा हुन थाल्यो । एउटा छोराको उसले तिर्ने, अर्को छोरीको मैले । एउटै घरमा बस्ने तर मन सत्रतिर बाँडिएपछि के सँगै छौँ भन्ने ? उसलाई जागिर खुवाउन के मात्र गरिनँ? कसैले उचाल्यो कि के भयो भगवान् जानून् पूरै फेरिएकी छिन्। कार्यालयमा पनि वल्लोपल्लो भवनमा हाम्रो कार्यकक्ष छ।

साथीभाइलाई पनि मेरो श्रीमान भनेर चिनाउँदिनन्। हरेक पुरुषको सफलतामा महिलाको हात हुन्छ भने महिलाको सफलतामा पुरुषको हात हुँदैन? म मात्रै होइन मेरा धेरै साथीहरूको यस्तै पीडा छ । घरमा आफन्तहरूश्रीमती भन्दा तल परिस् भन्छन्। हामीलाई नै हेप्छन्, श्रीमती माथिल्लो पदमा पुगेपछि केके न गरेँजस्तै लोग्नेहरूलाई पेल्ने हुँदाहुँदा आफ्नो लोग्नेको यो पोस्ट हो भन्नपनि लाज लाग्न थाल्यो भनेपछि केही बाँकी रह्यो त ?श्रीमती कमाउने र श्रीमान्को केही काम नहुने हो भने त जिँउँदै मरेसरहको जिन्दगी हुने रहेछ उनले गुनासो पोखे।

आखिर किन यस्तो हुन्छ? आखिर यस्तै धेरै कहानी लुकेका छन्, गुपचुप पारिएका छन् इज्जतको डरले।







यसमा तपाईको मत

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...