१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याक्सीमा छुटेको रकम फिर्ता

काठमाडौं –  एक यात्रुले ट्याक्सीमा ७ लाख ५५ हजार रूपैयाँ छुटाएपछि त्यो फिर्ता नगरी फरार भएका ट्याक्सी चालक अशोक थापालाई प्रहरीले पक्राउ गरेको छ। बल्खुबाट नम्बर थाहा नभएको ट्याक्सीमा कमलादीसम्म जाने क्रममा बारा जितपुरका नारायणप्रसाद पाठकले ७ लाख ५५ हजार रकम छुटाएका थिए।

ट्याक्सी चालकले रकम फिर्ता नगरी फरार भएपछि पाठकले प्रहरीमा उजुरी गरेपछि प्रहरीले बा १ ज ३६६५ नम्बरको ट्याक्सी चालकलाई पक्राउ ग-यो। पाठकले पारिवारिक व्यवसायका लागि आवश्यक रकम लिई काठमाडौं आएका थिए। ट्याक्सी चालक थापाले सो रकम टोखास्थित वर्षा गुरूङको कोठामा लगेर राखेका थिए। उनले त्यहाँ राखेको ६ लाख मात्र प्रहरीले बरामद गरेको छ। प्रहरीले पाठकलाई बरामद भएको रकम फिर्ता गरी थापालाई सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा चलाएको छ।

प्रकाशित: १ जेष्ठ २०७५ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App