८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। 

मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ । सो भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत भएको अनुभूति र विश्वास मन्त्रिपरिषद्ले गरेको छ । 

प्रकाशित: १ जेष्ठ २०७५ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App