coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महालक्ष्मी र सिटिजनबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

ग्राहकलाई एकद्वार सेवा प्रणालीबाट जीवन तथा निर्जीवन बिमा सेवा दिने अभिप्रायले बैंकास्योरेन्स सुरु गरेको बैंकले जनाएको छ । सम्झौताअनुसार ग्राहकले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीको जीवन बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण जीवन बिमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
 

प्रकाशित: १ जेष्ठ २०७५ ०१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App