coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

होटल निकुड

होटलको परिचय 

१६ वर्षदेखि सुन्धारामा रहेको होटल निकुड निकै चर्चित छ । यसको श्रेय यहाँ कार्यरत कर्मचारीको रहेको यस होटलका सञ्चालक सुन्दर श्रेष्ठले बताए । यस होटलमा सम्पूर्ण सुविधायुक्त २८ वटा कोठा रहेका छन् । यस होटलमा परिवारसँग बसेर विभिन्न किसिमका खानेकुराको स्वाद लिन सकिन्छ । त्यस्तै विभिन्न मदिराको पनि स्वाद लिन सकिन्छ । 

विशेष गरी ग्रिन हाइज्यानिक खानाहरु यस होटलको प्रमुख विशेषता हो । यहाँ कार्यरत सेफ श्याम बोगटीले ‘नागरिक परिवार’ सँग के के खाना पाइन्छ भन्नेबारे यसरी जानकारी गराए । 

सेफ परिचय

डोटीमा जन्मेका श्याम बोगटीले भारतको विभिन्न होटलमा करिब ३ वर्ष काम गरेको अनुभव छ । केही समय घरमै बिताएका उनी त्यसपछि भने काठमाडांै आएर निकुड होटलमा काम सुरु गरे । 

स्पेसल नेवारी खाना (स्मवजी)

यसमा फुरनदाना, चिकेनछोयला, बफ छोयला, बफ सुकुटी, आलु भटमास, साग गुन्द्रुक, अण्डा माछा, आलुतामा हुन्छ । 

खसीको टाउको 

यस होटलमा पाइने स्वादिष्ट परिकार भनेको खसीको टाउको पनि हो ।

चराको मासु

हाँसको छोयला पनि पाउन सकिन्छ । अष्ट्रिच, बट्टाइ, ढुकुर यहाँको प्रमुख परिकार हो । 
हरेक दिन हरेक स्पेसल कुरा पाक्ने गर्छ । 

प्रकाशित: ३१ वैशाख २०७५ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App