coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शाखा सडकको पहिरोले राजमार्ग अवरुद्ध

मलेखु – केही दिनदेखिको वर्षाका कारण राजमार्गमा बाढी र पहिरोसमेत बगेर अवरुद्ध हुने क्रम बढेको छ । 

सोमबार बिहान गजुरी गाउँपालिकाअन्तर्गत जरेखेतमा सडक माथिबाट पहिरो र लेदो माटो आउँदा राजमार्ग अवरुद्ध भयो । पूर्वपश्चिम जान लागेका यातायातका साधन बाटोमा ३ घण्टा रोकियो। गजुरीबाट डोजर लगेर सडक सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए। 

राजमार्गबाट शाखा सडक खन्दा आधारभूत मापदण्ड पूरा नगरेका कारण शाखा बाटोमा निकालिएको माटो पहिरोका रुपमा परिणत भई राजमार्गमासमेत क्षति पु¥याएकाले शाखा सडक निर्माण गर्दा ध्यान पु¥याउनुपर्ने भएकाले गाउँपालिकाले योजना सञ्चालनमा समेत विशेष ध्यान दिने गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले बताइन्। 

सो क्षेत्रमा केही दिनअघि पनि सडक माथिबाट आएको लेदो पहिरोले राजमार्ग अवरुद्ध भएको थियो। राजमार्गमाथि खनिएका शाखा सडक पहिरो नजाने गरी निर्माण गर्नुपर्ने र वातावरणीय पक्षलाई समेत ध्यान दिनुपर्ने जरेखेतबासीको भनाइ थियो। 

रागमार्ग क्षेत्रमा रहेको धुनीबेशी नगरपालिका, गल्छी, थाक्रे, गजुरी र बेनिघाटरोराङ गाउँपालिका क्षेत्रबाट २०० भन्दा बढी शाखा सडक खनिएको देखिन्छ । शाखा सडक निर्माण गरिएको हरेक स्थानमा राजमार्ग भत्किएको छ। 

प्रकाशित: ३१ वैशाख २०७५ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App