८ वैशाख २०८१ शनिबार
समाज

गुल्मीका ४३ वडामा छैनन् सचिव

गुल्मी –  गुल्मीका स्थानीय तहका ४३ वडा सचिवविहीन अवस्थामा रहेका छन । जिल्लाभरका स्थानीय तहका ८५ वडा मध्ये ४२ वडामा सचिवहरू रहेका छन । २ नगरपालिका सहित १० गाउँपालिका रहेको गुल्मीमा ४३ वटा वडा सचिवविहीन अवस्थामा रहेका हुन । 

जिल्लाका रेसुङ्गा नगरपालिका र मदाने गाउँपालिकामा बाहेक अन्य कुनै पनि स्थानीय तहका वडामा सवै सचिव छैनन । कतिपय स्थानमा एकजना सचिवले ३ वडा समेत हेर्दै आएका छन् । यसले गर्दा स्थानीयवासीले सहजरुपमा वडाबाट सेवा पाउन सकेका छैनन् । वडावासीले सम्बन्धित वडाबाट हुने कामका लागि सचिव पर्खन पटकपटक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । एकजना सचिव भेटाउन करीब साता दिन धाउनुपर्ने र कामका लागि महिना दिनसम्म पनि लाग्ने गरेको स्थानयिवासीले गुनासो गरेका छन् । यसले उनीहरूलाई परिवर्तनको प्रत्याभूतिको साटो झनै समस्या थापिएको महसुस भएको छ। स्थानीय तहमा कर्मचारीको अभावका कारण काम कारवाही प्रभावकारी हुन सकेको छैन। 

जिल्लामा भएका केही कर्मचारीलाई व्यवस्थापन गरिएको भएपनि जिल्लाका अधिकांश स्थानीय तहमा कर्मचारी अभावको समस्या रहेको छ। जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीका अनुसार जिल्लामा भएका कर्मचारीहरुलाई व्यवस्थापन गरिएको तथा केही बाहिरबाट समेत ल्याउँदा पनि कर्मचारी व्यवस्थापन गर्न नसकिएको बताए। 

जिल्लामा आएका कर्मचारीलाई कुन स्थानीय तह के कस्तो अवस्था रहेको छ बुझेर व्यवस्थापन गर्ने गरेका छौ पराजुलीले भने‘ तर जिल्लामै सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा स्थानीय तहमा समस्या देखिएको हो ।’ कर्मचारीहरू अभावको वारेमा आफूलाई राम्रो जानकारी भएको उनको भनाई रहेको छ।  जिल्लाको चन्द्रकोट गाउँपालिकामा सबैभन्दा बढी कर्मचारी अभाव रहेको छ। ८ वडामा २ सचिवको भरमा काम भैरहेको गाउँपालिकाले जनाएको छ। 

प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले भने‘ ८ वडामा २ सचिवले कसरी काम गरेका होला, तपाई आफँै विचार गर्नुस ।’ वडा सचिवको जत्तिकैै मात्रमा अन्य कर्मचारीको समेत अभाव गाउँपालिकामा रहेको भण्डारीले बताए । जिल्ला समन्वयमा पटक पटक जानकारी गराएको भएपनि जिल्लामै मन्त्रालयले कर्मचारी नपठाएपछि कसरी ब्यवस्थापन हुन्छ र उनको भनाई छ । 

जिल्लाका रेसुङ्गा, मुसिकोट नगरपालिका मदाने, मालिका, धुर्कोट, छत्रकोट, इस्मा, गुल्मीदरवार, कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरु लगायतका स्थानीय तहमा कर्मचारीको अभाव रहेको छ । चन्द्रकोट गाउँपालिकामा ८ वडा रहेका छन् जसमा अहिले दुई जना मात्र सचिव रहेका छन् । त्यस्तै कालीगण्डकी गाउँपालिकामा पनि ७ वडामध्ये अहिले ३ मात्र सचिव रहेका छन् भने ६ वडा रहेको छत्रकोट गाउँपालिकामा ३ जना वडा सचिवले काम गर्न पर्ने बाध्यता रहेको छ। जिल्लामा सचिव मात्र हैन अन्य कर्मचारीहररुको समेत अभाव रहेको छ । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार ५ जना सुब्बाको दरवन्दी भएपनि अहिलेसम्म १ जना पनि सुब्बा गाउँपालिकामा नभएको बताए। 

सिहंदरवारको अधिकार गाउँगाउँमा आएको छ भनेर हल्ला पिटाइएको छ अध्यक्ष पोखरेलले भने‘ कर्मचारी नभएपनि जनताका काम समयमा गर्न नसकेपछि कसरी जनतालाई सिहंदरवारको अधिकार प्रत्याभूति गराउने ।’ उनले आफूले मन्त्रालय लगायत सबैतिर गुहार गरेपनि कर्मचारी अभावमा जनताका काम समयमै सम्पन्न गर्न नसक्दा दुखित भएको बताए। 

प्रकाशित: ३१ वैशाख २०७५ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App