coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नुवाकोट गोल्डकपलाई स्थानीय तहको साथ

नुवाकोट- नुवाकोटमा हुन लागेको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता–२०७५’ लाई सफल बनाउन स्थानीय तहहरु समेत सक्रिय रुपमा लागि परेका छन्।

 जेठ १७ गतेदेखि २६ गते सम्म बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुन लागेको फुटबल प्रतियोगिताका विजेताहरुलाई स्थानीय तहले नै पुरस्कारको व्यवस्था गर्ने भएको छ। राष्ट्रिय स्तरका क्लवहरुको समेत सहभागी हुने फुटबल प्रतियोगिताको प्रथम पुरस्कार बेलकोटगढी नगरपालिकाले उपलव्ध गराउने सम्झौता भइसकेको छ भने दोश्रो पुरस्कार तार्केश्वर गाउँपालिकाले उपलव्ध गराउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धि प्रधानले बताएका छन्।

विदुर नगरपालिकाको संरक्षकमा जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको प्रथम पुरस्कार पाँच लाख रुपैयाँ रहेको छ। “प्रथम पुरस्कार ५ लाख रुपैयाँ, ट्रफी र पदकको  आवस्यक पर्ने एक लाख रुपैयाँ गरी ६ लाख रुपैयाँ बेलकोटगढी नगरपालिकाले उपलव्ध गराउने सम्झौता भएको छ। दोश्रो पुरस्कार तीन लाख रुपैयाँ तार्केश्वर गाउँपालिकाले जिम्मा लिएको छ,” जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रधानले भने, “म्यान अफ दी म्याच हुनेलाई ९० हजार रुपैयाँ तोकिएको छ। जस्लाई साकुरा नेपालले उपलव्ध गराइसकेको छ।” 

प्रतियोगितामा मनाङ–मस्र्याङ्दी, थ्रीस्टार, आर्मि क्लव, पुलिस क्लव, एपिएफ, रुपन्देही–११, पोखरा–११, नुवाकोट ११ लगायत १० टिमको सहभागिता हुने भएको छ।

फुटबल प्रतियोगिताको दर्शकलाई मध्यनजर राखेर बाँसबाट प्याराफिट बनाउने काम भइरहेको छ। दुबो बिच्छ्याएर  खेल मैदान तयार भइसकेको आयोजकले जनाएको छ। 

 

प्रकाशित: ३१ वैशाख २०७५ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App