८ वैशाख २०८१ शनिबार
समाज

सूर्यविनायक नगरपालिकामा नगर प्रहरी भर्ना

भक्तपुर - सूर्यविनायक नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । नगरपालिका क्षेत्रको रेखदेखका लागि ११ नगर प्रहरी भर्ना गरेको हो।

भर्ना भएका ती नगरप्रहरीलाई नगरपालिकाले तालिम दिन थालेको छ । तालिम सम्पन्न भएसँगै उनीहरूलाई नगरपालिका क्षेत्रको रेखदेखका लागि परिचालन गरिने नगर प्रमुख वासुदेव थापाले जानकारी दिए।

उनले भने, “नगरपालिकाले नगर प्रहरीको तालिम सकिए लगत्तै नगरको रेखरेखका लागि परिचालन गर्नेछ ।उनीहरुले नगरपालिकाको मापदण्ड र नियम बाहिर गएर गर्ने कुनै पनि कार्यलाई हटाउने छन्।”नगरप्रहरी राख्ने भक्तपुरमा सूर्यविनायक पहिलो नगरपालिका हो । आवश्यकताअनुसार नगर प्रहरीको संख्या थपिँदै जाने बताइएको छ।रासस

प्रकाशित: ३१ वैशाख २०७५ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App