तीन हजार बढीको लाइन काटियो, छ करोड बक्यौता उठ्यो

मङ्गलबार, १४ भदौ २०७३, १९ : २५ नागरिक

काठमाडौँ-नेपाल विद्युत् प्राधिकरणले हालसम्म मुलुकभर तीन हजार ४११ ग्राहकको लाइन काटेको छ।

लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म एक हजार ५९५ ग्राहकले महसुल बुझाएपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार विराटनगर ८०, काठमाडौँ ६०, नेपालगन्ज १६, पोखरा ३५, हेटौँडा ४२, अत्तरिया १०६, बुटवल ६२, जनकपुर क्षेत्रीय कार्यालय मातहतका ५६ ग्राहकको लाइन काटिएको छ।

विराटनगरमा रु २१ लाख ४४ हजार ९६२, काठमाडौँ रु तीन लाख ३० हजार ४७३, नेपालगन्ज रु एक लाख ८६ हजार ४४२, पोखरा रु एक लाख ३२ हजार ३००, हेटौंडा रु ३४ लाख ४९ हजार ६२८, अत्तरिया रु १९ लाख ४९ हजार २६३, बुटवल रु १० लाख ७७ हजार ४७३, जनकपुर रु २३ लाख ३६ हजार ९५२ रकम उठ्न बाँकी रहेको छ।

समग्रमा रु १९ करोड २५ लाख ३८ हजार ६०७ रकम उठ्न बाँकी रहेको छ । पछिल्लो पटक लाइन काट्ने अभियान सुरु भएपछि आजसम्म रु छ करोड २२ लाख सात हजार ६२७ रकम उठेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ। प्राधिकरणले यही भदौ ३ गतेदेखि महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको हो।

यस्तै प्राधिकरणले विद्युत्को महसुल नतिरेका सरकारी निकायको समेत लाइन काट्ने जनाएको छ। सरकारी निकायकै बक्यौता रकम रु दुई करोड ५९ लाख रहेको छ । प्राधिकरणले सबै सरकारी निकायलाई तत्काल महसुल तिर्न आग्रह गरिसकेको छ।

प्राधिकरणका अनुसार महत्वपूर्ण मन्त्रालय र सरकारी निकायकै बक्यौता रकम ठूलो मात्रामा रहेका कारण पनि ताकेता गरिएको हो । करिब रु १० अर्ब रकम बक्यौता रहेका कारण प्राधिकरणको आर्थिक स्वास्थ्यसमेत नराम्ररी खस्केकाले बक्यौता असुली गर्नैपर्ने बाध्यता देखिएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले बक्यौता रकम नतिर्ने जो कोहीलाई छुट नदिन र कारबाही गर्न निर्देशन दिएका छन्। रासस

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोनमा क्यामरा नै अहिलेको लागि स्मार्टफोनको सबैभन्दा महत्व फिचर मध्ये एक बन्न पुगेको छ ...

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक...

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल सृंखला खतिवडा नियुक्त भएकी छिन | ...

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...