मापदण्ड विपरितका घर टहरा हटाउने तयारीमा नगरपालिका

सोमबार, ३१ बैशाख २०७५, १० : ५६ दमन राई

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउने तयारी थालेको छ। नगरपालिकाको मापदण्ड पूरा नगरी नगरभित्रका विभिन्न ठाउँमा निर्माण गरिएका घर तथा टहरा हटाउने तयारी थालेको हो।

नगरलाई सुन्दर र व्यवस्थित बनाउँदै सार्वजनिक सम्पत्तीको रक्षाका लागि मापदण्ड विपरितका घर तथा टहरा हटाउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ। हलेसी तुवाचुङ नगरपालिकाले यसअघि नै डोजर लगाएर हलेसी आसपासका २५ टहरा हटाएको थियो। नगरभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा निर्माण गर्नेक्रम तीव्ररुपमा बढेकाले त्यसलाई न्यूनीकरणका लागि मापदण्ड विपरितका घर टहरा हटाउने निर्णय गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले बताए। 

नगरपालिकाले दिक्तेलबजार, मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडक खण्ड अन्तरगत मुढे, हुलुङ, नुनथला लगायतका क्षेत्रमा मापदण्ड विपरित बनाइएका घर तथा टहरा हटाउने तयारी थालेको हो। नगरपालिकाका अनुसार मापदण्ड मिचेर बनाइएका घर टहरा हटाउनका लागि महिना दिनको समय दिएर पत्राचार गरिएको छ। ‘मापदण्ड मिचेर निर्माण गरेका घर तथा टहराको लगत तयार पारेर एक महिनाभित्र त्यस्ता घर तथा टहरा हटाउनका लागि पत्राचार गरिएको छ,’ मेयर रिजालले भने, ‘नगरपालिकाले दिएको समयमा घर तथा टहरा नहटाए डोजर लगाएर हटाइनेछ।’ 

मापदण्ड मिचेर बनाइएको घर टहरा हटाउनका लागि नगरपालिकाभित्र पर्ने मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवाभञ्याङ सडक खण्ड र वुईपा, पन्चरदोवाटो लगायतका ठाउँमा पनि लगत संकलन भइरहेको नगरपालिकाले जनाएको छ। 

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउने तयारी थालेको छ । नगरपालिकाको मापदण्ड पूरा नगरी नगरभित्रका विभिन्न ठाउँमा निर्माण गरिएका घर तथा टहरा हटाउने तयारी थालेको हो ।

नगरलाई सुन्दर र व्यवस्थित बनाउँदै सार्वजनिक सम्पत्तीको रक्षाका लागि मापदण्ड विपरितका घर तथा टहरा हटाउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ। हलेसी तुवाचुङ नगरपालिकाले यसअघि नै डोजर लगाएर हलेसी आसपासका २५ टहरा हटाएको थियो। नगरभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा निर्माण गर्नेक्रम तीव्ररुपमा बढेकाले त्यसलाई न्यूनीकरणका लागि मापदण्ड विपरितका घर टहरा हटाउने निर्णय गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले बताए । 

नगरपालिकाले दिक्तेलबजार, मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडक खण्ड अन्तरगत मुढे, हुलुङ, नुनथला लगायतका क्षेत्रमा मापदण्ड विपरित बनाइएका घर तथा टहरा हटाउने तयारी थालेको हो । नगरपालिकाका अनुसार मापदण्ड मिचेर बनाइएका घर टहरा हटाउनका लागि महिना दिनको समय दिएर पत्राचार गरिएको छ। ‘मापदण्ड मिचेर निर्माण गरेका घर तथा टहराको लगत तयार पारेर एक महिनाभित्र त्यस्ता घर तथा टहरा हटाउनका लागि पत्राचार गरिएको छ,’ मेयर रिजालले भने, ‘नगरपालिकाले दिएको समयमा घर तथा टहरा नहटाए डोजर लगाएर हटाइनेछ ।’ 

मापदण्ड मिचेर बनाइएको घर टहरा हटाउनका लागि नगरपालिकाभित्र पर्ने मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवाभञ्याङ सडक खण्ड र वुईपा, पन्चरदोवाटो लगायतका ठाउँमा पनि लगत संकलन भइरहेको नगरपालिकाले जनाएको छ । 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad