८ वैशाख २०८१ शनिबार
खेल

अवार्डलाई सगरमाथाको साथ

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च र घोराही सिमेन्ट इन्डस्ट्री प्रालिबीच आइतबार अवार्ड प्रायोजन सम्झौता भएको छ।

राजधानीमा एक कार्यक्रमका बीच घोराही सिमेन्ट इन्डस्ट्रीको सगरमाथा सिमेन्टले जेठको पहिला साता हुने पल्सर स्पोटर््स अवार्ड २०७४ का लागि २ लाख रुपैयाँको प्रायोजन सम्झौता गरेको हो।

कार्यक्रममा खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र घोराही सिमेन्ट इन्डस्ट्री प्रालिका बजार प्रवद्र्धक प्रतीक अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतापत्रमा हस्ताक्षरपछि इन्डस्ट्रीका बजार प्रवद्र्धक प्रतीक अधिकारीले खेलकुद क्षेत्रमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक वा संस्थालाई प्रोत्साहनस्वरूप मञ्चले प्रदान गर्न लागेको अवार्डमा हातेमालो गर्न पाएकोमा खुसी लागेको बताए।

अवार्ड आगामी जेठ ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा प्रदान गरिँदै छ। गत वर्षजस्तै यस वर्ष पनि ८ विधामा नेपाली खेलाडी, प्रशिक्षक, खेलकर्मीलाई अवार्डबाट सम्मान गरिँदै छ। जसमध्ये पिपल्स च्वाइस अवार्ड २०७४ का लागि ५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ।

प्रकाशित: ३१ वैशाख २०७५ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App