८ वैशाख २०८१ शनिबार
समाज

रसुवागढी नाका जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलियो

स्याफ्रु–रसुवागढी सडक खण्डको स्याफ्रुबेशीमा भासिएको सडक

रसुवा– अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको छ। 
आइतबार दिउँसो १ बजे स्याफ्रुबेशी–रसुवागढी सडक खण्डको स्याफ्रुबेशीमा सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको हो। डिभिजन सडक कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवाको समन्वयमा आइतबार राति ९ बजेबाट सडक सुचारु गरिएको हो। 

मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजनाको लापर्वाहीको कारण सडकको संरचनामा क्षति पुगेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ। 

नयाँ ट्रयाक खुलेसँगै हल्का सवारी सञ्चालनमा आएको डिभिजन प्रमुख निरज शाक्यले बताए । ‘पुरानो संरचनामा पूर्ण क्षति भएपछि नयाँ ट्रयाक खोलिएको हो, डिभिजन प्रमुख शाक्यले भने, ट्रयाक खुलेपछि मोटरसाइकल, साना सवारी र खाली कन्टेनर सञ्चालन भएको छ।’ 

जलविद्युत आयोजना निर्माण गर्दा डिभजन सडक कार्यालय नुवाकोटसँग समन्वय नभएको डिभिजन प्रमुख शाक्यले बताए । पहिरोले सडक भासिएर तलतिर पु¥याएको छ । क्षति पुगेको सडक जलविद्युत आयोजनाले निर्माण गरिरहेको छ। 

सडकमा हिमपाइप राख्नका लागि तयारी भइरहेको प्रहरी नायव उपरिक्षक सरत कुमार थापा क्षेत्रीले बताए। ‘सडक निर्माणको कार्य आज पनि जारी छ, प्रहरी नायव उपरीक्षक क्षेत्रीले भने, आज दिउँसोबाट सामग्री बोकेका कन्टेनर सञ्चालन हुने छ।’

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। 

चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

 

प्रकाशित: ३१ वैशाख २०७५ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App