coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एनजिओलाई जनपरिषदमा दर्ता गर्न उर्दी

खोटाङ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपरिषद् नेपाल खोटाङले जिल्लामा भित्रिएका एनजिओ, आइएनजिओलाई आफ्नो संगठनमा दर्ता गर्न उर्दी जारी गरेको छ। जिल्ला जनपरिषद् नेपाल खोटाङका प्रमुख ज्वालाको नाममा जारी विज्ञप्तिमा परियोजना सञ्चालनका क्रममा भित्रिएका एनजिओ, आइएनजिओ तथा विकास निर्माणका लागि भित्र्याइएका डोजर र स्काभेटरलाई समेत जनपरिषद्मा दर्ता गर्न उर्दी जारी गरेको हो।

जनपरिषद्ले १० दिनभित्र अर्थात् जेठ ८ भित्र आवश्यक कागजात एवं तोकिएको मापदण्डसहित डोजर, स्काभेटर, एनजिओ, आइएनजिओलाई जनपरिषद्मा दर्ता गर्न भनेको छ। विज्ञप्तिमा आवश्यक कागजात एवं तोकिएको मापदण्ड भने उल्लेख गरिएको छैन। अन्यथा पर्न गए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी जनपरिषद्ले दिएको छ।

प्रकाशित: ३१ वैशाख २०७५ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App