६ वैशाख २०८१ बिहीबार
खेल

आइपीएल : राजस्थान ७ विकेटले विजयी

मुम्बई- इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सविरूद्ध राजस्थान रोयल्स ७ विकेटले विजयी भएकाे छ। अाइतबार साँझ भएकाे खेलमा मुम्बइले दिएकाे १६९ रनको लक्ष्य राजस्थानले दुई अाेभर बाँकी हुँदै १ सय ७१ रन बनाउँदै पूरा गर्याे। 

राजस्थानकाे लागि जाेश बट्लरले अविजित ९४ रन बनाए।

यसअघि घरेलु मैदान वानखेडे स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो।

मुम्बईका लागि इभन लुइसले सर्वाधिक ६० रनको पारी खेले। ४२ रनमा ४ चौका र ४ छक्का उनले प्रहार गरे। सूर्यकुमार यादवले ७ चौकासहित ३८ रन जोडे। हार्दिक पाण्ड्याले ३ चौका र २ छक्कासहित ३६ रन बनाए। 

बलिङतर्फ बेन स्टोक्स र जोफ्रा आर्चरले २–२ विकेट लिए। जयदेव उनादकट र धवल कुलकर्णीले १–१ विकेट लिए।

 

प्रकाशित: ३१ वैशाख २०७५ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App