coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

महिला संघमा विवाद

काठमाडौं – नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनलाई लिएर विवाद सुरु भएको छ। महाधिवेशन भएको डेढ वर्षपछि अध्यक्ष उमा रेग्मीले पदाधिकराी र सदस्य मनोनित गर्दा आपूmसँग परार्मस नगरेको भन्दै महासचिव धना खतिवडाले असन्तुष्टि जनाएकी हुन्। महासचिव खतिवडाले आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष रेग्मीले महिला संघमा बिग्रहको वातावरण सिर्जना गरेको आरोप लगाएसँगै विवाद बाहिर आएको हो।

एकलौटी ढंगबाट पद र सदस्य मनोनित गरेको भन्दै उनले निर्णय पुर्नविचार गर्न पनि आग्रह गरेकी छिन्। अध्यक्ष रेग्मीले बैशाख २८ गते संघको उपाध्यक्षमा सरस्वती अर्याल तिवारी, सचिवमा उषा रावत मिश्र मनोनित गरेकी छिन्। त्यस्तै, पाँच केन्द्रीय सदस्यमा छलिकुमारी शर्मा उपाध्याय, कमला भट्ट, गंगा अवाल, नारायणी रायमाझी र मैया बस्नेतलाई मनोनित गरेकी छिन्।

पार्टी पूर्वमहामन्त्री कृष्ण्सिटौला निकट महासचिव खतिवडा संघको महाधिवेशनमा रेग्मी समुहबाटै निर्वाचित हुन्। निर्वाचनमा पार्टी पराजयसहितका विषयमा सिटौला र पार्टी सभापति शेरबहादुर देउवा पक्षबीच मतभेद देखिदै आएको छ। त्यसको प्रभाव महिला संघमा पनि देखिएको छ।

प्रकाशित: ३१ वैशाख २०७५ ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App