५ वैशाख २०८१ बुधबार
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् भोटो जात्रा (फोटो फिचर)

काठमाडौं- रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन आइतबार जाउलाखेलमा भोटो देखाइएको छ। राष्ट्रपतिलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिको उपस्थितिमा भोटो देखाइयो।

मछिन्द्रनाथको रथजात्राअन्र्तगत भोटो देखाउने जात्रा मुख्य आकर्षण हो। साइतअनुसार वैशाख ६ गते बेलुकी ५ बजे पुल्चोकबाट रथयात्रा आरम्भ भएको थियो। जात्राको पहिलो दिन पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गां:वहालमा पुर्‍याइएको थियो।

भोटो हेर्ने परम्परा धान्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, उपसभामुख, संवैधानिक निकायका प्रमुख तथा मन्त्री जावलाखेलमा पुगेका थिए।

नागराजाले ज्यापूलाई उपहारस्वरूप दिएको भोटो राक्षसले चोरेको र जावलाखेलमा रातो मच्छिन्द्रनाथको जात्रामा हेर्न त्यही भोटो लगाएर राक्षस आएपछि ज्यापूसँग उसको झगडा परेको किवंदन्दी पाइन्छ। राक्षस र ज्यापुको विवाद मिलाउनबहुमूल्य रत्नजडित त्यो भोटो रातो मच्छिन्द्रनाथको जिम्मा लगाइन्छ। भोटो जावलाखेल पुगेको चौथो दिनमा कसको भोटो हो, प्रमाणसहित लिन आउनू भनेर देखाइएको जनश्रुति छ । त्यही बेलादेखि हरेक वर्ष यो परम्परा रहँदै आएको मच्छिन्द्रनाथका पूजारी निमराज पानेजूले जानकारी दिए। काठमाडौं उपत्यकाको सबैभन्दा लामो र प्रसिद्ध यो जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।

१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले वि सं ५४६ मा यो जात्रा सुरु गराएको पौराणिक कथन रहेको छ।

तस्बिरमा हेर्नुहोस् भोटो जात्रा फोटो फिचर