coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

छाती दुख्छ भने मुटुरोग वा ग्याष्ट्रिक! कसरी छुट्याउने? (भिडियो)

छाती दुख्छ, वाकवाकी लाग्छ, स्वाँस्वाँ हुन्छ, डर लाग्छ भने तपाइ मुटुरोग लाग्यो भनेर आत्तिन सक्नु हुन्छ अथवा ग्याष्ट्रिक मात्रै हो भनी वेवास्ता गर्न सक्नुहुन्छ। सामान्यतया ग्यास्ट्रिक र मुटु रोगका लक्षणहरु उस्तै हुने हुनाले अलमलमा पर्न सक्नुहुन्छ। तर केही लक्षणहरुका आधारमा भने मुटु रोग र ग्यास्ट्रिकलाई आफैँले छुट्याउन सकिन्छ।  

स्वस्थ जीवनशैलीका लागि डा.अनिलका सुझावहरू

  • स्वस्थ एवं सन्तुलित भोजन गर्ने
  • बाहिरको भन्दा घरको खानामा जोड दिने,
  • बढी चिल्लो, बोसोयुक्त, बढी नुनीलो खाना नखाने,
  • जंकफुड, ड्राइफुड, फ्राइफुडको सेवन नगर्ने
  • पर्याप्त मात्रामा पानी पिउने, पेय पदार्थहरूमा जोड नगर्ने
  • नियमित अभ्यास गर्ने

मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले सामान्यतया मुटु रोग र ग्याष्ट्रिकका लक्षणहरु उस्तै हुने भएपनि लक्षणको प्रकृति आधारमा कुन रोग हो भनेर पहिचान गर्न सकिने बताउँछन्। डा. अनिलका अनुसार दुवै रोग लाग्दा छाती दुख्ने हुन्छ तर मुटु रोग लागेको अवस्थामा त्यो दुखाइ देब्रे हात हुँदै घाँटीतर्फ सर्छ । तर ग्याष्ट्रिक हुँदा पेट तर्फ सर्छ। तर कहिलेकाँही भने ग्याष्ट्रिक हुँदा पनि मुटुमा जलन हुन सक्ने डा. अनिलले बताए।

त्यसोभए कसरी छुट्याउने त ग्याष्ट्रिक र मुटु रोगको फरक? डा. अनिल भन्छन्, 'मुटु रोग लाग्दा स्वाँस्वाँ हुने, पसिना आउने, डर लाग्ने हुन्छ।' उमेर अनुसार पनि यी रोगको फरक छुट्याउन सकिने उनको भनाई छ। सामान्यतया २०–३० वर्षको व्यक्तिमा मुटुको भन्दा पनि ग्याष्ट्रिकको समस्या देखिन्छ । यस्तै, सुगर, कोलेस्ट्रोल र उच्च रक्तचाप रहेका ४० वर्ष भन्दा माथिका व्यक्तिमा यी लक्षणहरु देखा परेमा मुटुरोग हुन सक्ने डा. अनिलले बताए। यद्यपि यीनै लक्षणहरुका आधारमा रोग यकिन गर्नुभन्दा अथवा चिन्ता गर्नुभन्दा पनि स्वास्थ्य संस्थामा गइ परीक्षण गर्नपर्ने डा.अनिलको सुझाव छ।

शहरी क्षेत्रमा व्यस्त जीवनशैलीका कारण स्वास्थ्यमा ध्यान नदिँदा समस्या उत्पन्न हुन सक्ने जोखिम उच्च हुँदै गएको छ। प्रत्येक दिनको नकारात्मक अभ्यास अर्थात अस्वस्थ जीवनशैलीका कारण लामो समय (५–१० वर्षको) अन्तरालमा स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने डा. अनिलले बताए । विशेषगरी शहरी क्षेत्रमा युवाहरुले संघर्षका कारण आफ्नो स्वास्थ्यमा र खानपानमा ध्यान दिन नसकेकाले उनीहरुमा जोखिम बढेको हो।  

डा. अनिलले मुटुलाई स्वस्थ राख्न जीवनशैलीमा ध्यान दिनुर्ने सुझाव दिन्छन्। जीवनशैलीको मूख्य दुई ओटा पक्ष १. खानपिन र २. शारीरिक अभ्यास (हिडाइ–डुलाइ)मा ध्यान दिनुपर्छ। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनुनै उत्तम उपाय हो।

प्रकाशित: ३० वैशाख २०७५ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App