८ वैशाख २०८१ शनिबार
अर्थ

बाग्लुङ र दोलखामा प्रभु बैंकका ४ शाखा सञ्चालनमा

निसीखोला शाखाको रिबन काटेर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तारानाथ पौडेल ।

काठमाडौं– प्रभु बैंकले बाग्लुङ र दोलाखामा गरी ४ वटा शाखा सञ्चालनमा ल्याएको छ।

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा सेवाग्राहीलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर ४ तथा तमान खोला गाउँपालिका वडा नम्बर १ र दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर २ तथा गँुरास गाउँपालिका वडा नम्बर ४ मा आइतबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। 

निसीखोला शाखाको गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, तमानखोला शाखाको  जोकलाल बुढा, भगवतीमाई शाखाको दानबहादुर थापाबाट र गुँरास शाखाको उद्घाटन खेमराज ओलीले एक समारोहबीच गरे।

उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालय र विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो। 

प्रकाशित: ३० वैशाख २०७५ १२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App