coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आइपीएल : हैदरावादद्वारा चेन्नईसामु १८० रनको लक्ष्य प्रस्तुत

मुम्बई– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सविरुद्ध १८० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनायो। 

हैदरावादका लागि शिखर धवनले ७९ रन बनाए। ४९ बलमा १० चौका ३ छक्का प्रहार गरे। केन विलम्सनले ३९ बल खेल्दै अर्धशतक प्रहार गरे। ५ चौका र २ छक्का प्रहार गरेका उनले ५१ रन जोडे। दीपक हुड्डा २१ मा अविजित रहे।  

बलिङतर्फ श्रदुल ठाकुरले २ विकेट लिए। दीपक चहर र ड्वेन ब्राभोले १–१ विकेट झारे।

प्रकाशित: ३० वैशाख २०७५ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App