८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकी कुटनीतिज्ञमाथि पाकिस्तानले लियो एक्सन

इस्लामावाद– पाकिस्तानले अमेरिकी कुटनीतिज्ञलाई देश छोड्न प्रतिबन्ध लगाएको छ। विश्वकै ‘पावर सेन्टर’को रुपमा हेरिँदै आएको अमेरिकाको कुटनीतिज्ञमाथि एउटा दुर्घटनाको छानविनलाई लिएर पाकिस्तानले एक्सन लिएको हो।

अघिल्लो महिना इस्लामावादको रेड लाइटमा एक मोटरसाइकल चालकलाई ठक्कर दिएर मारेको अभियोगमा पाकिस्तानले इश्लामावादस्थित अमेरिकी राजदूतावासमा सैनिक सहचारी पदमा कार्यरत कर्णेल जोसेफ इमैन्युएल हाललाई देश छोड्न प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अप्रिल ७ मा इस्लामावादको उत्तरी क्षेत्रस्थित दमन–ए–कोहमा सेतो कारको ठक्करबाट भएको दुर्घटनामा २२ वर्षीय अतीक बैगको मृत्यु भएको थियो। दुर्घटनापछि सिसिटीभी फुटेजमा कार कर्णेल जोसेफले चलाएको देखियो।

उनी दुर्घटनाको दोषी भएको आरोप लागेपछि उनलाई लिन अमेरिकाले विमान समेत पठाएको थियो। तर त्यो विमानलाई पाकिस्तानले अनुमति नदिएको समाचारमा जनाइएको छ।

यो घटनाले दुबै देशबीचको सम्बन्धमा तनाव सिर्जना गरेको छ।

यद्यपी पाकिस्तानस्थित अमेरिकी दूतावासले कर्णेलले दुर्घटना गराएको आरोप अस्वीकार गरेको छ।

यो घटनामा कर्णेललाई इस्लामावाद हाई कोर्टमा सुनुवाईका लागि बोलाइएको छ। शुक्रबार कोर्टले कर्णेललाई कुटनीतिक संरक्षण नभएको र सुनुवाई उपस्थित हुने फैसला सुनाएको थियो।

प्रकाशित: ३० वैशाख २०७५ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App