coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने सडकमा पहिरो, खुलाउन ५ घण्टा लाग्ने

स्याफ्रु–रसुवागढी सडक खण्डको स्याफ्रुबेशीमा गएको पहिरोले भासिएको सडक

रसुवा – अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ । 
आइतबार दिउँसो १ बजेतिर जिल्लाको स्याफ्रुबेशीमा सुख्खा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको हो । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा पहिरो गएको हो। 

पहिरोले सडक भासिएर तलतिर पु¥याएको छ । सडक अवरुद्ध भएपछि डेड सय भन्दा बढी साना ठूला गाडी बीच बाटोमै रोकिएका छन्। सडक सञ्चालनका लागि सडक मर्मत तथा निर्माणको कार्य अघि बढाइ सकेको प्रहरीले जनाएको छ। 

रसुवागढी नाका जोड्ने धुन्चे स्याफ्रुबेशी टिमुरे सडकखण्ड अन्तरगत स्याफ्रुबेशीमा सुख्खा पहिरो गएको चिलिमे जलविद्युत आयोजनाका गोकर्ण बहादुर न्यौपानेले बताए । ‘दिउँसो १ बजे पहिरो गएको हो, न्यौपानेले भने, अहिले सडक खुलाउने प्रयास भइरहेको छ।’

पहिरोको कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक सरत कुमार थापा क्षेत्रीले बताए। ‘सडक खुलाउनका लागि स्काभेटर ल्याएर काम सुरु भएको छ, प्रहरी नायव उपरीक्षक क्षेत्रीले भने, सडक खुलाउन ढिलोमा पाँच घण्टा लाग्ने अनुमान गरिएको छ।’

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। 

चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

 

 

प्रकाशित: ३० वैशाख २०७५ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App