coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कुनै तलमाथि भए म जिम्मेवारी लिन्छु : ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपश्चात जारी गरिएको संयुक्त वक्तव्यमा प्रयाेग भएकाे कुनै शब्दमा तलमाथि भए आफूले जिम्मेवारी लिने बताएका छन्। 

आइतबार प्रतिनिधिसभामा भारतीय समकक्षी मोदीको भ्रमणबारे बोल्दै उनले मोदीसँग भएका सम्झौताहरू र जारी गरिएको संयुक्त वक्तव्यमा देशको स्वाभिमान र गौरवमाथि आँच आउने केही कुराहरू नभएको प्रष्ट पारे। सम्बोधनको क्रममा ओलीले भने, ‘सबै देशको हितका लागि कुरा भएका छन्, तपाई आफैँले वक्तव्यमा हेर्दापनि हुन्छ, कुनै शब्दमा तलमाथि भएकाे भए त्यसकाे जिम्मेवारी म लिन्छु।’

मोदीको भ्रमण उपलब्धीमूलक भएको बताउँदै उनले नेपाली जनताको स्वाभिमानप्रति धन्यवाद व्यक्त गरे । विगतमा बिग्रेको  भारतसँगको सम्बन्ध सुधारिएको बताउँदै उनले सम्बन्ध बिगार्ने भन्दा पनि सुधार्नतर्फ लाग्नुपर्ने बताए । उनले हेपाइ सहन नहुने, राष्ट्रिय हितको सुरक्षा गर्नुपर्ने र विगतमा भएका त्रुटीलाई हेरेर बस्ने भन्दा पनि त्यसलाई मिलाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

सम्बोधनका क्रममा ओलीले  मोदीको भ्रमण दुई देशको लाभको पक्षमा भएको बताए । उनले यसलाई अझै अगाडि बढाउनु पर्ने बताउँदै भारतसँगको मात्र होइन चीनसँगको सम्बन्ध पनि सुमधुर र सुदृढ बनाएर लैजाने बताए ।  साथै उनले चाँडै नै अाफू चीन भ्रमणमा जाने बताए ।

प्रकाशित: ३० वैशाख २०७५ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App