coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्युठान बस दुर्घटनामा मृत्यु हुनेको सनाखत

प्यूठान – प्युठानमा भएको बस दुर्घटनामा मृत्यु हुने ५ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार मृत्यु हुनेमा बस चालक कैलालीका बिर बहादुर थारु, कैलाली चिसापानीकी सरिता चन्द, प्यूठान गौमुखी १ अर्खाकी हिरा टोमटा, शरिता शर्मा र नेपाल आर्मिका हरि मल्ल रहेका छन्।  

 दुर्घटनामा २५ जना घाइते भएका छन्। घाइते हुनेहरुमा मल्लरानी गाँऊपालिका–३ का तिर्थराज पोख्रेल, गुल्मी अग्लुङका तारा विष्ट, दैलेख दुल्लु नगरपालिका–११ की हिमा बोहोरा, जगदिस खत्री, रिगल खात्री, प्यूठान नगरपालिका–३ साढेखालाका इश्वर खड्का रहेका छन्।  महेन्द्रनगर कंचनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर, मल्लरानी गाँऊपालिका चुँजाठाटीका सुश्मा चौधरी, बैतडी पुचौडि नगरपालिका–६ का प्रकाश सावत घाइते भएका छन्।

यस्तै चितवन चित्रवन नगरपालिका–१७ का राजेन्द्र प्रसाद तिमलसिना, रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर विक, सपना विक, गौमुखी गाँऊपालिका–४ का थमजीत विक, कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी, झिमरुक गाँऊपालिका–३ का प्रेम केसी, प्यूठान नगरपालिका–१० दहखोलाका गोमा गिरी घाइते भएका छन्।  उनीहरुको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ।

घाइते भएका माण्डवी गाँऊपालिका–१ का बसन्त शर्मा, रोल्पा सुवर्णावती गाँउपालिका–२ का हरि सुनार, दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल, रुपन्देही कन्चन गाँऊपालिका–३ का गोविन्द अर्याल, हिमला पोख्रेललाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ।

महेन्द्रनगरबाट प्युठानको स्वर्गद्वारीका लागि आएको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस बड्डाँडा पाकुरी खोला नजिकै आइतबार बिहान पाँच बजेतिर दुर्घटना ग्रस्त भएको थियो।

 

प्रकाशित: ३० वैशाख २०७५ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App