८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल बंगलादेश बैंकको एकै दिन चार शाखा

काठमाडौं – नेपाल बंगलादेश बैंक लिमिटेडले एकै दिन चार शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक माधवप्रसाद न्यौपानेले शाखाको उद्घाटन गरेका हुन्।

बैंकले शुक्रबारबाट रौतहटको चन्द्रनिगाहपुर र सर्लाहीको ब्रह्मपुरी, कौडेना विष्णु गाविस (सिमरा) मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। ती शाखा आफ्नो ५९, ६०, ६१ र ६२औं शाखा रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यी शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०७५ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App