८ वैशाख २०८१ शनिबार
खेल

अाइपीएल : डेब्युमै सन्दीपको उत्कृष्ट प्रदर्शन

दिल्ली- इन्डियन प्रिमियर लिग आइपीएलमा डेब्यू गरेका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। विराट काेहलीकाे टिम रोयल च्यालेञ्जर्स बेंग्लोरविरुद्ध शनिबारको खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका हुन्।

उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर एक विकेट लिए। उनले दाेस्राे अाेभरमा पार्थिव पटेललाइ एलबीडब्लु अाउट गरेका थिए। सन्दीपले क्रिकेटका हस्तीहरू विराट काेहली र एबी डी भिलियर्सविरूद्ध पनि बलिङ गरेका थिए।

खेलमा दिल्ली भने ५ विकेटले पराजित भयाे। बैंलगाेरका लागि एबी डी भिलियर्सले अविजित ७२ रन बनाए भने कप्तान काेहलीले ७० रन बनाए। 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो। दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ६१ रन बनाए। ३४ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।

आइपीएलमा डेब्यु गरेका अभिषेक शर्माले पहिलो खेलमै नटआउट ४६ रन बनाए। १९ बल खेलेका उनी ३ चौका र ४ छक्कासहित अविजित रहे। कप्तान श्रेयश अय्यरले ३२ रन जोडे। विजय शंकर २१ रनमा अविजित रहँदा जेसन रोयले १२ रन बनाए।

बलिङतर्फ युजभेन्द्र चहलले २ विकेट लिए। मोहम्मद सिराज र मोइन अलीले १–१ विकेट लिए।

प्रकाशित: ३० वैशाख २०७५ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App