८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थल नष्ट

सोल- उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्न ‘प्राविधिक उपायलाई अघि बढाउन लागेको’ कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनए न्यूज एजेन्सीले शनिबार जनाएको छ। 

आगामी जुन १२ मा सिङ्गापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि रहँदै आएकोे तनावलाई अन्त्य गर्ने उद्देश्यका साथ हुने शिखर सम्मेलनलाई मार्ग प्रशस्त गर्न उत्तर कोरियाले उक्त कदम चालेको हो। 

उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्ने प्रक्रियालाई अघि बढाएकाे छ। आगामी केही दिनमा उत्तर कोरियाली आणविक हतियार परीक्षणस्थलको नष्ट गर्ने प्रक्रिया अन्तर्गत विदेशी सञ्चारमाध्यमलाई बोलाइने छ जसले उक्त कामको अनुगमन गर्नेछ। 

चीन, रूस, संयुक्त राज्य अमेरिका, बेलायत र दक्षिण कोरियाका सञ्चारकर्मीलाई आणविक हतियार परीक्षणस्थल नष्ट गरेका समाचार रिपोर्टिङका लागि अनुमति दिइने विदेश मन्त्रालयले जनाएको छ। 

केसिएनएले विदेश मन्त्रालयको प्रेस विज्ञप्तिलाई उद्धृत गर्दै भनेको छ, “यदि मौसम अनुकुल रहेमा हतियार परीक्षणस्थललाई यही मे २३ र २५ गते नष्ट गर्ने कार्यक्रम तय भएको छ।” 

प्रकाशित: २९ वैशाख २०७५ १७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App