७ वैशाख २०८१ शुक्रबार
समाज

सूर्य ग्यास उद्योगका सिलिण्डर सिलवन्दी

काठमाडौं–सूर्य ग्यासले हाइड्रोलिक टेष्ट नगरी गुणस्तरहीन सिलिण्डर बजारमा पठाएको भेटिएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागको टोलीले मंगलबार गरेको अनुगमनमा यस्तो भेटिएको हो।

म्याद नाघेका २४ थान सिलिण्डर भरेर बजारमा पठाउन लागेको भेटेपछि सिल गरेको अनुगमनमा संलग्न उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले जानकारी दिए। ‘मिति नाघेका सिलिण्डरको परीक्षण नगरेको पाइयो,’ उनले भने, ‘कम्पनीले हाइड्रोलिक टेष्ट नगरी ग्यास बजारमा पठाएर खेलवाड गरेको छ।’

नेपाल गुणस्तर विभागका निर्देशक विश्वबाबु पुडासैनी नेतृत्वको टोलीले सूर्यसहित चण्डेश्वरी, सगरमाथा ग्यास उद्योगको निरीक्षण गरेको थियो।  चण्डेश्वरी ग्यासले हाइड्रोलिक टेष्ट मेसिननै नराखेको टोलीले फेला पारेको छ। सगरमाथा ग्यासले प्रयोग गरेका नयाँ सिलिण्डरमा ग्यास लिकेज भेटिएको विभागका रसाइन विज्ञ मनोज उपाध्यायले बताए।

‘नयाँ सिलिण्डरमै कैफियत देखिएकाले सगरमाथा नभई ग्यास सिलिन्डर बनाउने उद्योगलाई कानुनी दायारमा ल्याउछौं,’ उपाध्यायले भने, ‘चण्डेश्वरीले नयाँ कम्पनी भएकाले हाइड्रोलिक टेष्ट नराखेको बताएको छ।’ कमजोरी देखिएका ग्यास कम्पनीलाई कारबाही गर्ने विभागले जनाएको छ।

 

प्रकाशित: १४ भाद्र २०७३ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App