५ वैशाख २०८१ बुधबार
समाज

फेवाताल अतिक्रमणबारे के भन्छन् मेयरदेखि सर्वसाधारण ? (भिडियो)

काठमाडौं- फेवातालको अतिक्रमित जग्गा फेवातालकै नाममा ल्याउन र मापदण्ड विपरित बनाइएका संरचना हटाउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिइसकेको छ। मानवीय र प्राक्रितिक अतिक्रमणका कारण सुन्दर फेवातालको आकार खुम्चदो छ। क्षेत्रफल मात्र होइन तालको गहिराई पनि घट्दै गइरहेको छ।

२०१८ सालमा १० वर्गकिलोमिटरमा फैलिएको ताल २०६४ मा  केन्द्रीय नापी विभागले गरेको सर्भेअनुसार ४.२० वर्गकिलोमिटर आकारमा खुम्चिएको छ। क्षेत्रफल मात्र नभई तालको गहिराइ पनि घटिरहेको छ।  ०३१ सालमा ३३ मिटर गहिरो फेवाताल ०६४ को नापीमा १८ मिटर मात्र गहिरो देखिएको छ। यसरी फेवाताल खुम्चँदै जाने र संरक्षण नहुने हो भने ७५ देखि १ सय वर्षभित्रमा यसको अस्तित्व नरहने फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न गठन गरिएको समितिको निष्कर्ष छ।

फेवातालमा  बनेको बाँध २०३१ सालमा फुटेपछि तालको ५० प्रतिशत पानि बगेर गएको र त्यसपछि नै तालले ढाकेको जमिनमा अतिक्रमण सुरु भएको जानकारहरूको भनाइ छ। फेवातालको ६५ मिटर वरपर कुनै पनि पक्की संरचना बनाउन नपाउने नियम छ। तर यो नियम लागु भएको छैन। तालकै छेउमै पर्यटन व्यवसायी कर्ण शाक्यले होटल बनाएका छन्।

फेवातालबारे सर्वोच्च अदालतको फैसला आए पछि नागरिकन्यूजकर्मी प्रशान्त लामिछानेदिपेन्द्र रोक्का पोखरा पुगेर सरोकारवाला निकाय र स्थानीयसँग कुरा गरेका थिए।

प्रकाशित: २९ वैशाख २०७५ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App