काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्केका छन्। शुक्रबार जनकपुर हुँदै काठमाडौं आएका मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरे।
मोदीले शुक्रबार जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए। उनलाई त्यहाँ नागरिक अभिनन्दन समेत गरिएको थियो। शनिबार जनकपुरबाट काठमाडौं आएका मोदीले राजनीतिक भेटघाट गरे भने प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले अरुण तेस्रोको सिलन्यास गरे।
शनिबार बिहान मुक्तिनाथ पुगेर उनले मुक्तिनाथमा विशेष पूजा गरे भने शनिबार नै उनले पशुपतिनाथमा पूजा गरे। शनिबार केही राजनीतिक भेटघाट गरेका मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गरेको थियो।
मोदीले स्वदेश फर्कँदै गर्दा आफ्नो भ्रमणले नेपाल भारत सम्वन्धमा नयाँ उर्जा थपिएको बताएका छन्। उनले ट्विट गर्दै भनेका छन्, 'यस भ्रमण मार्फ़त भारत-नेपाल सम्बन्धमा नयाँ उर्जा थपिएको छ। म नेपाली जनता तथा नेपाल सरकारले देखाउनु भएको न्यानोपनको लागि आभार प्रकट गर्दछु।'
प्रकाशित: २९ वैशाख २०७५ ११:४६ शनिबार