coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भिरबाट लडेर शिक्षकको मृत्यु

डोल्पा – डोल्पामा एक विद्यालयको प्रावि तहमा अध्यापन गराइरहेका शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ।

त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वार्ड नम्बर ५ घर भएका ३६ वर्षीय शिक्षक राजु रोकायाको शुक्रबार राती ९ बजे ल्हाँ र खदाङ्ग बीचमा पर्ने घोडे डाँडा भन्ने भिरबाट लडेर मृत्यु भएको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ।

रोकाया त्रिपुरासुन्दरी नगरपालिका –५ स्थित मष्टा आधारभुत विद्यालयमा प्रावि तहका शिक्षक हुन। लामो समयसम्म समुदायको निजी स्रोतमा शिक्षण गर्दै आइरहेका शिक्षक राजु रोकाया शुक्रबार मात्र प्रावि तहमा नगरपालिकाले खोलेको अस्थाई शिक्षक दरबन्दीको लागि परिक्षा दिएर असफल भएपछि त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालयबाट फर्केर घर तर्फ जादै गर्दा घोडेडाँडा भन्ने भिरबाट लडेका थिए।

मृतक रोकायाको शब शनिबार बिहान प्रहरी मुचुलका पछि परिवारले बुझेर लगेको बताइएको छ। मृतक रोकायाका दुई छोरा दुई छोरी छन।

प्रकाशित: २९ वैशाख २०७५ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App