मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध

शनिबार, २९ बैशाख २०७५, १५ : ५३ एजेन्सी

क्वालालम्पुर – मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ।

मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिनु भएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो।

हालै सम्पन्न निर्वाचनमा रजाकको पार्टी पराजित भएको थियो भने उनले सत्तामा रहदा शक्तिको दुरुपयोग गरेको अरोप लगाइएको छ । विभागले रजाकसँगै उनकी श्रीमती रोश्मा मनसुरलाई पनि देशबाट बाहिरिन प्रतिबन्ध लगाएको जनाएको छ।

विभागले आफूहरुलाई देशबाट बाहिरिन प्रतिबन्ध लगाएको सार्वजनिक भएपछि ट्वीट गर्दै नाजिबले लेखेका छन्, “म र मेरो परिवारलाई मलेसियाका आप्रवासन विभागले देश छाड्न प्रतिबन्ध लगाएको बारेमा मलाई पहिले नै थाहा थियो।” उनले थप लेखेका छन्, “मैले त्यो निर्देशनलाई सम्मान गर्नेछु र म मेरो परिवारसँगै स्वदेशमै बस्ने छु।

यसै हप्ता भएको ऐतिहासिक निर्वाचनमा नजाबले नेतृत्व गरेको बरिसान राष्ट्रिय गठबन्धन पराजित भएको थियो। सो गठबन्धन सन् १९५७ मा मलेसिया स्वतन्त्र भएदेखि सत्तामा रहेकोमा अव सत्ता बाहिर रहने भएको छ।

यस निर्वाचनमा पाकाटन हारापन गठबन्धनले बहुमत ल्याएर गठबन्धनका नेता तथा पूर्व प्रधानमन्त्री माहाथिर मोहमदको नेतृत्वमा नयाँ सरकार पनि गठन गरिसकिएको छ।

बिहीबार प्रधानमन्त्रीमा नियुक्ति हुनुभएका मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थपेका थिए। आफूले ठूलो संख्याको मन्त्रिमण्डल नचाहेको तर केही मन्त्रीहरुको भने तत्काल आवश्यकता भएकोले तत्कालै विस्तार गरिएको प्रधानमन्त्री माहाथिरले बताएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad