७ वैशाख २०८१ शुक्रबार
राजनीति

नागरिक अभिनन्दन मेरो मात्रै होइन पुरै भारतको सम्मान हो : मोदी

फाइल तस्बिर

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नागरिक अभिनन्दन पुरै भारतको लागि सम्मान भएको टिप्पणी गरेका छन्।

काठमाडौं महानगरपालिकाद्वारा शनिबार आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नागरिक अभिनन्दन ‘मेरो मात्र होइन पुरै भारतको सम्मान हो। सवा करोड भारतीय कृतज्ञ छन्’ भने।

काठमाडौंसँग भारतीयको अपनत्वको सम्बन्ध रहेको र यो शौभाग्य आफूलाई पनि प्राप्त भएको बताए। ‘जब नेपाल आउँछु तब शान्ति र आत्मियताको अनुभुति हुन्छ, यसको कारण तपाईको माया प्रेम हो, स्वागत सत्कार र सम्मान हो’, उनले भने– ‘काठमाडौंले मलाई सधै आकर्षित गरेको छ।’

उनले काठमाडौं भगवान बुद्धको जन्मभुमीको राजधानी, माउन्ट एभरेष्टको राजधानी भएको र यसको इतिहास दुनियाँमै निकै पूरानो छ भने। 

प्रकाशित: २९ वैशाख २०७५ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App