८ वैशाख २०८१ शनिबार
राजनीति

मोदी र यादवबीच भेटवार्ता

काठमाडौं – नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन्।

ह्यात होटलमा शनिबार भएको भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो।

पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको अध्यक्ष यादवले जानकारी दिए।
उनले भने, “मुलुकको समृद्धि र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग महत्वपूर्ण र सकारात्मक छलफल भयो।”

प्रधानमन्त्री मोदीसँग अध्यक्ष यादवले एक्लै भेटवार्ता गरेका थिए।

प्रकाशित: २९ वैशाख २०७५ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App