१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'मोदी जी स्वागत तर, नाकावन्दी विर्सेका छैनौ' प्लेकार्ड सहित धनगढीमा प्रदर्शन

धनगढी- भारतिय प्रधानमन्त्री नरेन्द्रमोदी नेपालको राजकीय भ्रमणमा रहेका वेला विवेकशिल साझा पार्टीले धनगढीमा ‘मोदी जी स्वागत छ तर नाकावन्दी विर्सेका छैनौ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका छन्। धनगढीको पार्कमोड नजिक सडकमा बिहान करिव आधा घण्टा प्लेकार्ड सहित उभिएर उनीहरुले असहमती जनाएका हुन्। शुक्रवार बिवेकशिलको काठमाडौं स्थित पार्टी कार्यालयमा मोदी जी स्वागत छ, नाकावन्दी विर्सेका छैनौं लेखेको व्यानर प्रहरीले लगेपछि त्यसको बिरोध स्वरुप प्लेकार्ड सहित सडकमा प्रदर्शन गरेको पार्टीका प्रदेश ७ का सहसंयोजक दिनेश भण्डारीले बताए।

विवेकशिल पार्टीका प्रदेश ७ संयोजक गोपाल हमालको नेतृत्वमा प्रदर्शनकारीले सडकमा नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए। भारतले गरेको नाकावन्दीमा नेपाली जनताले पाएको दुःख विर्सेका छैनन्, मोदीलाई त्यो गलत कदम महसुस गराउन यो बिरोध गरिएको प्रदेश संयोजक हमाल बताए।

 

प्रकाशित: २९ वैशाख २०७५ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App