८ वैशाख २०८१ शनिबार
राजनीति

प्रहरी हस्तक्षेपको विरोध

भिडियो : केशव थोकर

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ‘नाकाबन्दी बिर्सेका छैनौ’ नारा बनाएर विभिन्न गतिविधि चलाउँदै आएको विवेकशील साझा पार्टीको कार्यालयमा शुक्रबार गरिएको हस्तक्षेपको विरोधमा पार्टीले आज प्रदर्शन गरेको छ।

ललितपुर प्रहरीले शुक्रबार विवेकशील साझा पार्टीको कार्यालयमा गएर नेपालको राष्ट्रिय झन्डा हटाएर नाकाबन्दी बिर्सेका छैनौँ ’ लेखिएको ब्यानर हटाइदिएको थियो। प्रहरीले विवेकशिलका नेताहरुलाई जिल्ला प्रशासनमा समेत बोलाएको थियो। त्यसको विरोधमा उनीहरुले नाकाबन्दी लेखिएको ब्यानस सहितको बेलुन उडाएका छन्।

विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेका बेला शुक्रवार अपरान्ह प्रहरीले हस्तक्षेप गरेको थियो।

 

 

प्रकाशित: २९ वैशाख २०७५ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App