भिरबाट लडेर एकको मृत्यु, एक घाइते

शनिबार, २९ बैशाख २०७५, १३ : १३ सुमन मल्ल

वैशाख – मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर ६ को बन्जाया भन्ने स्थानमा शुक्रबार भिरबाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन।

सोरु गाउँपालिका ६ जिमा गाउँका ३५ वर्षीय कर्णबहादुर लावड सोरुकोटबाट जिमा तर्फ फर्कदैं गर्दा मोडधारा भन्ने स्थानमा भिरबाट १ सय २० मिटर तल खस्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो। उनीसंगै आएका काला लावड भिरबाट खसे पनि बाँच्न सफल भएका छन।

मृतक लावड घरबाट चामल किन्न सोरुकोट गएका थिए भने काला फोतु गाउँबाट फर्किएका थिए। दुवै जनाको सोरुकोटमा भेट भएको र उनीहरूले मदिरा सेवन गरेर घर फर्कदैं गरेका थिए। दुबै जनाले एक आपसमा हात समाएर हिड्दै गर्दा दुवै जना भिरबाट १ सय २० मिटर तल खसेका थिए। भिरबाट खस्दा कर्णको घटना स्थलमा मृत्यु भएको र काला गम्भीर घाइते भएको काला लावडका काका प्रेम लावडले जानकारी दिए।

मृतक लावडको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ भने गम्भीर घाइते भएका काला लावडको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad