बेलौरी–खजुरीया छोटी भन्सारलाई स्तरोन्नति गर्न माग

शनिबार, २९ बैशाख २०७५, १२ : ३८ नागरिक

कञ्चनपुर – भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा कञ्चनपुरको बेलौरी–खजुरीया छोटी भन्सार नाकालाई स्तरोन्नति गरिनुपर्ने माग गरिएको छ। 

७ नं प्रदेशकै प्रमुख नाकाका रुपमा बेलौरी खजुरीयालाई स्थापित गर्न नागरिकस्तरबाट आवाज उठन थालेको हो। विसं २०१९ सम्म कैलाली र कञ्चनपुरको सदरमुकाम समेत रहेको बेलौरीमा भन्सार कार्यालय स्थापना भएको १५५ वर्ष पुगेको छ। 

७ नं प्रदेशको राजधानी धनगढीबाट २२ किलोमिटर पश्चिम र कञ्चनपुरको हालको सदरमुकाम महेन्द्रनगरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा रहेको बेलौरीमा भारतसँगको खुला सीमा नाका रहेको छ। बेलौरी भन्सारसँग जोडिएको खजुरियासम्म भारतको नेशनल हाइवे रोड बनिसकेको छ। 

यता नेपाल तर्फ धनगढीबाट बेलौरी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्गसँग जोड्ने कलुवापुर बेलोरी सडकखण्ड कालोपत्रेको क्रममा रहेका छन्। 

नेपाल तर्फ लामो समयसम्म छोटी भन्सारको नाममा आवश्यक जग्गा, भवनसहितका आवश्यक पूर्वाधार र सडक सञ्जालले जोडिएको खेम सुवेदीले बताए। 

भारतीय पक्षले खिरी जिल्लाको खजुरीयामा भन्सार कार्यालय खोल्ने वित्तिकै दुईदेशीय भन्सार नाका सञ्चालन गर्न सकिने हुँदा आवश्यक पहलका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय प्रधानमन्त्री सक्षम कुरा राख्नुपर्नेमा उनले जोड दिए।    (रासस)








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad