coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियालार्इ सहयाेग गर्न अमेरिका तयार

तस्विर : एजेन्सी

वासिंटन - उत्तर कोरियाले पारमाणिक हतियारकाे परीक्षण त्यागे उत्तर कोरियाको आर्थिक विकासमा सहयोग गर्न अमेरिका सदैव तयार रहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन्।

उत्तर कोरियाले पारमाणविक हतियारको परीक्षणलाई बन्द गर्ने घोषणा गरेसँगै उत्तर कोरियाको भविष्य आर्थिक रुपमा सबल भएकाे उनले बताएका छन्। गत बुधबार मात्रै उतर कोरियाको भ्रमण गरेका मन्त्री पोम्पेओले भ्रमणको क्रममा उत्तर कोरियाली नेता किम जोग उनसँग शिष्टाचार भेटवार्ता गरेका थिए। 

पोम्पेओ उत्तर कोरिया पुगेपश्चात्  उत्तर कोरियाले तीन अमेरिकी बन्दीलाई रिहा गरेको थियो।गत महिना उत्तर कोरियाली नेता किम पहिलो पटक दक्षिण कोरिया गएका थिए।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीच  आगामी जुन १२मा  सिंगापुरमा भेटवार्ताको मिति तय भइसकेकाे छ।

 

 

.

प्रकाशित: २९ वैशाख २०७५ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App